Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी टोलिद्वारा ४ लाख बराबरको लत्ताकपडा बरामद

164

उमेश दुबे
पर्सा, २ बैशाख / नेपाल र भारतको सीमा नाका हुँदै तस्करी बढन थालेपछी बिरगंज भन्सार राजस्व गस्ती टोलिले करीब ४ लाख बराबरको कपडा बरामद गरेको छ । भारतबाट अबैध तरिकाले नेपाल भित्रयाउदै गरेको अवस्थामा बिरगंज भन्सार राजस्व गस्ती टोलिले बरामद गरेको हो ।
भारतको रक्सौलबाट खरिद गरि अबैध तरिकाले नेपाल भित्रयाउदै गरेको अवस्थामा भकुवा नाकाबाट सशस्त्र प्रहरीले बरामद गर्न सफल भएको छ । भकुवा र इनर्वा नाका हुँदै दिनहु लाखौ बराबरको लत्ताकपडा अबैध तरिकाले नेपाल भित्रिरहेको सूचना पाउन साथ बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख डिएसपी तिलक खडकाको कमान्डमा खटिएको टोलिले बरामद गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । लत्ताकपडा भित्रिरहेको सूचना पाउनसाथ खटिएको सशस्त्र प्रहरीलाई हेरि तस्करहरू फरार भएपनी करीब ३ लाख ९३ हजार बराबरको लत्ताकपडा नियन्त्रणमा लिन सफल भएको डिएसपी खडकाले जानकारी दिनुभयो ।
बिरगंज भन्सार राजस्व गस्ती टोलिले बरामद गरेको करीब ४ लाख बराबरको लत्ताकपडा अवाश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको डिएसपी खडकाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.