Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी आर्थिक प्रलोभनमा: भिखमपुर नाका तस्करहरुको अखडामा परिणत

110

पर्सा, २३ जेष्ठ / सशस्त्र प्रहरी रकममा लिप्त हुन थालेपछि पर्साको ग्रामिण भेगमा पर्ने भिखमपुर नाका हुदै तस्करीको लाइन सुचारु भएको छ । बोर्डर आउट पोष्ट भिखमपुर मातहत पर्ने आसवारी, जानकीटोला, सुवर्णपुर लगायतका ठाउहरुबाट तस्करीको लाइन सुचारु भएको हो ।
नुनदेखि सुनसम्मको तस्करी हुने नेपाल र भारतको सीमा नाकाबाट सशस्त्र प्रहरीको आर्थिक प्रलोभनका कारण भिखमपुरको नाकाहरुबाट चौपाया र चल्लाको तस्करीको लाइन सुचारु भएको छ । नेपाल र भारतको सीमा स्तम्भ लगायत शान्ति सुरक्षाका साथै अवैध मालसमान नियन्त्रण गर्न जिम्मा पाएका सशस्त्र प्रहरी, आर्थिक प्रलोभनमा पर्नसाथ भिखमपुर नाका हुदै तस्करीको लाइन सुचारु भएको पाइन्छ ।
एक जना सशस्त्र प्रहरीकै कर्मचारीका अनुसार दिउसो सुनसपटा देख्ने भिखमपुर नाका रातिको समयमा तस्करहरुको रजगज हुने गरेको बताए । उनका अनुसार बोर्डर आउट पोष्ट भिखमपुरको प्रमुखको रुपमा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद खडका आए दिनदेखी नै तस्करी गर्ने समयतालिका नै परिवर्तन भएको बताए । उनका अनुसार रातिको समयमा रांगा, भैसीका कुख्यात तस्कर महादेव भनिने र कुखुरा तस्कर रुस्तम भनिने समुह सीमा नाकामा सल्बलाउन थाल्दछन । बिओपीपतिलाई मासिक रुपमा नजराना बुझाएपनि ड्यूटीमा खटिएका प्रहरीहरुलाई समेत केहि नजराना बुझाउदै रांगा, भैसीका साथै चल्ला भित्रयाउने कार्य सुरु हुने गरेको, उनले बताए ।
सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्याल तस्करी कार्यलाई ठप्प बनाउनको निम्ति संगठनलाई बदवनाम गराउदै घुमुवाहरु तानिएपनि सीमा नाकाबाट तस्करी रोकिन नसकिएको यस कार्यले प्रष्ट पार्दछ । भारतबाट रांगा भैसी तस्करी गरी नजिकैको बजारसम्म पुरयाउन सहज वातावरण समेत मिलाइएको बताइन्छ । तस्करीका रांगा भैसी सहजै नेपालको बजारसम्म पुरयाउनको निम्ति सीमा नजिकै रहेको जगरनाथपुरमा हार्ट बजार नै स्थापना भएको पाइन्छ ।
भारतबाट अवैध तरिकाले आयात हुने रांगा भैसी जगरनाथपुरको हार्ट बजारमा पुग्नसाथ पत्रहरु नै बनाई नेपालको बिभिन्न ठाउहरुमा पुरयाउदै आइएको समेत, उनले जिकिर गरे । श्रोतका अनुसार चल्ला र रांगा, भैसीको तस्करीमा माथिल्लो निकायसम्मको सहयोग हुने गरेकै कारण प्रति सप्ताह ४ सय भन्दा बढी रांगा, भैसी अवैध तरिकाले नेपाल भित्रिने गरेको, उनले दावी गरे ।
यता यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले सीमामा कडा निगरानी बढाउन निर्देशन दिएको र त्यस्ता कृयाकलापमा जोकोही संलग्न भेटिए कारवाही गर्नबाट पछि नहट्ने ठोकुवा गरेका छन । उनका अनुसार खुल्ला सीमा भएको कारण चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई चुनौती भएपनि त्यसबाट आफु पछि नहट्ने बताए ।

Leave A Reply

Your email address will not be published.