Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी आइजिपी शैलेन्द्र खनालको आदेशलाई धज्जि उडाउदै पर्साका सशस्त्र प्रहरी

282

उमेश दुबे
पर्सा, ३१ जेष्ठ ÷ प्रहरी संगठनमै स—भन्दा सानो संगठनको रुपमा रहेका सशस्त्र प्रहरीलाई सीमा नाकाको सुरक्षा जिम्मेवारी दिएपनि सीमा नाकाबाट हुने अवैध कारोवारहरुको साथ साथै कृषकलाई समेत धम्काई रकम उठाउने गरेको प्रमाण फेला परेको छ । पर्साको बिन्दवासनी गाउपालिका वडा नम्बर ३ बाट १२ वटा दुध दिने भैंसी खरिद गरी नेपालको तनहु जिल्ला लग्ने क्रममा सशस्त्र प्रहरी गण नम्बर १३ बाट खटिएको टोलीले अलौ नजिकैबाट पक्राउ गरेको हो ।
नेपालबाटै खरिद गरी देशको कुनै कुन्नामा लगिन सकिने कानूनी प्रावधान रहेपनि सशस्त्र प्रहरीले उक्त प्रावधानलाई धज्जि उडाउदै गैरकानूनी तरिकाले नियन्त्रणमा लिएको बताइएको छ । सशस्त्र प्रहरीले नेपाल र भारतको सीमाबाट हुने गरेको अवैध कारोवारहरुबाट आर्थिक संकलन गर्दै आएपनि हालको समयमा कृषकहरुलाई समेत दुःख दिदै आएको कृषकहरु बताउछन् । पर्साको बिन्दवासनी गाउपालिका वडा नम्बर ३ बाट खरिद गरी तनहु जिल्ला लग्ने क्रममा अलौ नजिकै रहेको पेट्रोल पम्पबाट नियन्त्रणमा लिएको कृषकहरु बताउछन् । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको दुध दिने भैसी भन्सारमा बुझाउदा कागजातहरु खोसेर बुझाएको प्रति दुःख व्यक्त गरेका छन् । सशस्त्र प्रहरीले सबै कागजात खोसी भन्सार बुझउदा कृषकहरु प्रहरी संगठनबाटै असुरक्षित भएको महसुस गरेका छन् ।
सशस्त्र प्रहरी बल गण नम्बर १३ बाट खटिएको टोलीले दुध दिने भैसीलाई पक्राउ गरी भन्सार बुझाउदा कृषकहरु आफ्नो मोवाइलमा खचिएको फोटो समेत निकाली भन्सार कार्यालय प्रमुख निर लान खोज्दा वीरगंज भन्सार राजस्व गस्ति टोलीका प्रमुख डिएसपी तिलक खडकाले मूल गेटमै भित्र जान नदिने निर्देशन गरेकोले सशस्त्र प्रहरीले गेटमै रोकी कृषकलाई दुवर्यहार गरेका थिए ।
सशस्त्र प्रहरी बलका प्रमुख आइजीपि शैलेन्द्र खनालको नजिककै रहेका डिएसपी खडका र सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज साह रहेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार वीरगंज भन्सार राजस्व गस्ति टोलीको प्रमुखको रुपमा आउन हेडक्वाटरमै लाखौ रुपैया महिनवारी बुझाए पश्चात आउने गरेकोले निर्धक रुपमा तस्करीको लाइन चलेको र कृषकहरुलाई यसरी ब्यवहार गर्ने गरेको बताए । सशस्त्र प्रहरी संगठनकै प्रमुखको रुपमा रहेका खनालले पटक पटक डिएसपी खडकालाई संरक्षण दिएको कारण आफ्नो बाहुबली बताउन नछोडेका श्रोतको दावी रहको छ ।
भारतको रक्सौलबाट खरिद गरि ल्याइरहेकी आइमाइले बिरगंज भन्सार राजस्व गस्ती टोलिलाइ समेत रूपैया दिएर लिएर आइरहेको महिलालाइ समेत दुर्ववहार गर्नुको साथै मालसमान खोसिएको बताइन । उहाले सशस्त्र प्रहरीलाई १ हजार र भन्सारको जाचकिलाइ २ सय ५० रूपैया भारतिय पैसा दिएको बताइन । सशस्त्र प्रहरीले आफै लाइन दिने र पैसा लिएपनी पक्राउ गर्ने गरेको दुखेसो पोखिन ।
माथिल्लो निकायलाई लाखौ रुपैया महिनवारी स्वरुप जाने गरेकोले वीरगंज भन्सार राजस्व गस्ति टोलीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक तिलक खडकाले मुल भन्सार अगाडीबाटै इरिक्साको माध्यमले मरिचको तस्करी लाइन खोलिएको बताइएको छ । कारवाही गर्ने निकायले नै रकममा लिप्त हुदा खुल्याम तरिकाले तस्करीको लाइन दिएको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.