Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीले भारतिय नम्बर गाडीमा गरे ३ लाख बराबरको कपडा बरामद

230

उमेश दुबे
बारा, ३ माघ / बाराको सीमा हुँदै नेपाल भित्रिएको भारतिय टाटासुमोबाट सशस्त्र प्रहरीले करीब ३ लाख बराबरको कपडा बरामद गरेको छ । खुल्ला सीमाको फाइदा उठाउदै नेपाल भित्रिएको भारतिय टाटासूमोबाट ३ लाख बराबरको कपडा सशस्त्र प्रहरी बलले बरामद गरेको हो ।

भारतबाट डि.एल.१ भि.बि ३९८२ नम्बरको टाटासूमोको माध्यमबाट अबैध रूपमा कपडा ओसार पोसार भइरहेको सूचनाको अधारमा पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ । आज बिहान बोर्डर आउट पोस्ट पिपरपातीबाट सशस्त्र प्रहरी निरीक्षक देवबहादुर कार्कीको कमान्डमा खटिएको टोलिले खजानी हुँदै सिम्रौणगढतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गर्न सफल भएको जनाइएको छ ।
अबैध तरिकाले नेपाल भित्रयाउदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलि हेर्नसाथ चालक फरार भएपनि भारतिय नम्बरको टाटासुमो र ३ वटा बोरामा राखिएको करीब ३ लाख बराबरको कपडा बरामद गर्न सफल भएको सशस्त्र प्रहरी निरीक्षक कार्किले जानकारी दिनुभयो । बरामद गरिएको भारतिय नम्बरको टाटासुमो र कपडा अवाश्यक कारवहीको लागि भन्सार बुझाइने सशस्त्र प्रहरी निरीक्षक देवबहादुर कार्किले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.