Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीले बरामद गर्यो लाखौ बराबरको कपडा

84

पर्सा, ४ असार / सीमा नाकामा सशस्त्र प्रहरीको निगरानी बढनसाथ झापा जिल्लाको भद्रपुरबाट लाखौ बराबरको कपडा बरामद भएको छ । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ३ मेचिपारीबाट करीब १ लाख ५० हजार बराबरको कपडा बरामद भएको हो ।
सशस्त्र प्रहरी निरीक्षक सन्जय गोइतको कमान्डमा खटिएको टोलिलाइ तस्कर संगठनले हेर्नसाथ फरार भएपनी ३ वटा बोरामा रहेको करीब १ लाख ५० हजार बराबरको कपडा बरामद गर्न सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ । खुल्ला सीमाको फाइदा उठाउदै तस्कर संगठनले अबैध तरिकाले भित्रयाउदै गरेको कपडा सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा राखिएको जनाइएको छ । बरामद कपडा अवाश्यक कारवाहीको लागि भन्सार बुझाउने तयारी गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.