Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीले बरामद गरे भारी मात्रामा लागू औषध गाजा

585

उमेश दुबे
बारा, ६ भाद्र / बाराको पचरौता नगरपालिका वडा नम्बर ९ लङ्गडा चौक नजिकैबाट सशस्त्र प्रहरी बल नेपालले भारी मात्रामा लागू औषध गाजा बरामद गरेको छ । टाउकोमा बोकि भारततर्फ गइरहेको बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल २ नम्बर बाहिनिबाट खटिएको बिशेष टोलिले गाजा बरामद गरेको हो ।

प्रदेश नम्बर २ मा डिआइजी कृष्ण भक्त ब्रम्हचार्य आउनसाथ नेपाल र भारतको सीमा नाकाको साथ साथै भित्रि ग्रामीण भेगहरूमा समेत सशस्त्र प्रहरी बल नेपालले आफ्नो निगरानी बढाएका छन । बिशेष सूचना आउनसाथ डिआइजी ब्रम्हचार्यको आदेशमा २ नम्बर बाहिनीबाट खटी आएको टोलिले ४ वटा बोरामा रहेको करीब ८० किल्लोग्राम लागू औषध गाजा बरामद गर्न सफल भएका थिए । शुक्रवार राती करीब ९ बजेको समयमा टाउकोमा बोकि भारततर्फ लग्दै गरेको अवस्थामा बिशेष टोलिलाइ हेर्नसाथ तस्कर फरार भएपनी लागू औषध गाजा नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

यता बरामद भएको लागू औषध गाजा अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाउने तयारी गरेको सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.