Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा ८ केजी चाँदीका गहना सहित १ जना पक्राउ

226

झापा,१० चैत्र /
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको सशस्त्र प्रहरी टोली र भन्सार कार्यालयका कर्मचारीले आज दिउँसो करीव आठ केजी चाँदीको गहनासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बंगालराज्य ज्याला जलपाईगुडी घर बताउने ३० वर्षिय मिठु सेन छन् ।
सशस्त्र प्रहरी सहायक निरीक्षक केदार श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोलीले झापा जिल्लाको मेची नगरपालिका ६ स्थित मेची भन्सार कार्यालयको यात्रु शाखामा जाँच गर्दा उनको साथमा उक्त चाँदीको गहना भेटिएको थियो ।
उक्त गहना करीव ३ लाख ६४ हजार रुपैयाँ बराबरको रहेको छ ।
पक्राउ परेका निजलाई बरामद चाँदीका गहनासहित आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।

Leave A Reply

Your email address will not be published.