Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा ३ लाख बराबरको कपडा बरामद

188

उमेश दुबे
पर्सा, ५ फाल्गुन / बिरगंजको बस पार्क नजिकैबाट सशस्त्र प्रहरीले ३ लाख १० हजार बराबरको कपडा बरामद गरेको छ । भारतबाट अबैध तरिकाले नेपाल भित्रिएको कपडा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
भारतबाट नेपाल अबैध तरिकाले कपडा भित्रिएको सूचना पाउनसाथ बोर्डर आउट पोस्ट श्रीसियाबाट खटिएको टोलिले भन्सार नजिकैबाट पक्राउ गर्न सफल भएको हो । सशस्त्र प्रहरी निरीक्षक जिवन मल्ल ठकुरीको कमाण्डमा खटिएको टोलिले बिरगंजको बसपार्क नजिकैबाट पक्राउ गर्न सफल भएका हुन । सशस्त्र प्रहरीलाई हेर्नसाथ तस्कर फरार भएपनि अबैध तरिकाले भित्रिएको कपडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी निरीक्षक जीवन मल्ल ठकुरीले बताउनु भयो । पक्राउ गरिएको कपडा आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय बुझाइएको छ ।

Leave A Reply

Your email address will not be published.