Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा लागु औषध गाजा बरामद, नेपाल प्रहरी तस्करलाई संरक्षण गर्दै फरार गराए

117

रौतहट, २ श्रावण / रौतहट जिल्लाबाट सशस्त्र प्रहरीले लागु औषध गाजा सहित भारतीय स्कार्पियो बरामद गरेपनि तस्करलाई नेपाल प्रहरीले संरक्षण गरी फरार गराएको आरोप स्थानीयहरुले लगाएका छन । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नामस्ता बाहिनीबाट खटिएको स्कवाड टोलीले भारी मात्रामा लागु औषध गाजा सहित भारतीय सवारी स्कार्पियोलाई बरामद गरेपनि फेला परेको प्रमाणलाई बेवास्ता गर्दै नेपाल प्रहरीले तस्करलाई फरार गराएको आरोप लागेको हो ।
आईतवार राति बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको स्कवाड टोलीले रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ कुडिया पानी ट्यांकी स्थित आमको बगैचामा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको थियो । भारतीय प्लेट डि.एल. ४ सी.एन.बी ६२२९ नम्बरको स्कार्पियोमा लागु औषध गाजा बोकेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । लागु औषध गाजा १ सय ९२ किलोग्राम लोड रहेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । बरामद गरिएको लागु औषध गाजा सहितको स्कार्पियोलाई अवाश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यता सशस्त्र प्रहरी बल नेपालले लागु औषध गाजा सहितको भारतीय नम्बरको स्कार्पियोलाई नियन्त्रणमा लिएपनि सवारी भित्र बरामद भएको प्रमाणको अधारमा पक्राउ गर्नुको साटो संरक्षण गर्दै फरार गराएको आरोप स्थानीयले लगाएका छन । एक जना प्रहरी श्रोतका अनुसार उक्त भारतीय सवारीमा गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया टोलका धर्मेन्द्र सहनीको चालक अनुमति पत्र फेला परेको हुदा नेपाल प्रहरी संग समन्वय गरी पक्राउ गर्न खोजिएको बताए । तर नेपाल प्रहरीको गलत रवैयाका कारण सहनीलाई प्रहरीकै संरक्षणमा फरार गराइएको, उनले बताए । उनका अनुसार सशस्त्र प्रहरीले लागु औषध गाजा सहित भारतीय सवारी बरामद गरेकै कारण नेपाल प्रहरीले चासो नदेखाएको आरोप समेत लगाए ।

Leave A Reply

Your email address will not be published.