Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा लागु औषध गाजा बरामद

120

बारा, १५ माघ / रातिको मौका छोपी भारततर्फ लगिरहेको लागू औषध गाजा सशस्त्र प्रहरीले बरामद गरेको छ । बाराको पचरौता नगरपालिका वडा नम्बर २ बाट सशस्त्र प्रहरीले लागू औषध गाजा बरामद गरेको हो ।
आज बिहान करीब १ बजेर ३० मिनेटको समयमा टाउकोमा बोकि भारततर्फ लगिरहेको लागू औषध गाजा बोर्डर आउट पोस्ट पिपरपातीबाट खटिएको टोलिले बरामद गर्न सफल भएको छ । सशस्त्र प्रहरी निरीक्षक कृष्ण बहादुर आले मगरको कमान्डमा खटिएको टोलिलाइ देख्नसाथ लागू औषध गाजा फाली फरार भएपनी करीब ५० किलो ग्राम गाजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरेको लागू औषध गाजा अवाश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय सिम्रौणगढलाई बुझाउने तयारी गरेको सशस्त्र प्रहरी निरीक्षक आले मगरले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.