Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा मदिरा बोकेको गाडीसहित दुई जना पक्राउ

97

महोत्तरी, २७ मंसिर / महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ७ स्थित परिक्रमा गाछी ईलाकाबाट सोमवार सशस्त्र प्रहरीले करीव ९ लाख ६४ हजार रुपैया बराबरको ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोेकेको गाडीसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीले भारतमा घर बताउने ३६ वर्षिय राजा साह र २२ वर्षिय अजित कुमारलाई नियन्त्रणमा लिएको हो ।
बी.आर.०६ पी.बी.९७११ नम्बरको बोलेरामा मदिरा तस्करी भइरहेको बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय नागरिक सहित ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोेकेको गाडीसहित पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका भारतीय नागरिक, मदिरा तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.