Ultimate magazine theme for WordPress.

सर्लाहीको नाकाबाट तस्करी कायमै, हुन सकेन डिआईजी निर्देशनको पालना

168

सर्लाही, ३० मंसिर ÷ सर्लाहीको सीमा नाका हुदै तस्करी कायमै रहेको एक घटनाले उजागर पारेको छ । सर्लाहीको त्रिभुवन नगर नाका हुदै तस्करीका मालसमान अवैध रुपले आयात निर्यात भइरहेपनि सीमामा खटिएका प्रहरीहरु मासिक नजराना बुझने बाहेक केही गर्न नसकेको हो ।
सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपाल, अवैध रुपले आयात निर्यात गर्ने मालसमान पक्राउ गरिन सक्ने प्रावधान रहेपनि आफ्नो पदको दुरुपयोग गर्दै सीमा नाकाबाट तस्करीको कार्य सुचारु गराएको बुझिन्छ । सर्लाहीको त्रिभुवन नगर, सखुवाहा, सुरक्षा बेस मलंगवा हुदै दिनहु करोडौको मालसमान अवैध रुपले आयात निर्यात हुने गरेको स्थानीयले बताएका छन । स्थानीयले जनाए अनुसार बोर्डर आउट त्रिभुवन नगर नाका हुदै लालबन्दीसम्म तस्करीको मालसमान पुग्ने गरेको बताए । सीमा नाका हुदै प्रति दिन १८ देखी २० वटा मोटरसाइकलमा कपडा, सुर्ती लगायतको तस्करीका मालसमानहरु लालबन्दीसम्म पुग्ने गरेको बताइन्छ ।
त्रिभुवन नगर नाका हुदै उमेश राउत भनिने तस्करले छोकडा र केराउको तस्करीमा तिब्रता दिएका छन भने मनिष चौधरी, इन्दल राय, प्रकाश यादव, राजेश कुश्वाहा, हुसेन मिया लगायतका तस्कर समुहले कपडा, सुर्ती र हार्डवेयरको तस्करी कार्यमा तिब्रता दिएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ । बोर्डर आउट पोष्ट त्रिभुवन नगरका सशस्त्र प्रहरी निरीक्षक संजित सिंहलाई मासिक लाखौ रुपैया नजराना बुझाए पश्चात तस्करीको लाइन सुचारु भएको उनले बताए । उनका अनुसार सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीमा डिआईजी चन्द्र प्रकाश गौतम आउनसाथ कुनैपनि युनिटबाट घुमुवा परिचालन नगर्न निर्देशन दिएका थिए । तर सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गणबाट अहिलेपनि सशस्त्र प्रहरी सहायक हवलदार सुरेन्द्र महतो कोइरी र सशस्त्र प्रहरी सहायक हवलदार टंकनाथ अधिकारी सादा पोशाकमा घुमिरहेको बताए ।
१० नम्बर गणबाट खटिएको सशस्त्र प्रहरी सहायक हवलदारको कार्य आर्थिक कलेक्सन मात्रै रहेको सशस्त्र प्रहरी श्रोतले दावी गरे । त्यस्तै आज बिहान करिब ४ बजेको समयमा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले त्रिभुवन नगर नाका हुदै नेपाल भित्रिएको ४ वटा मोटरसाइकलमा कपडा बरामद गरेको छ । त्रिभुवन नगर नाका हुदै भित्रिएको बिशेष सुराकीको आधारमा प्रदेश प्रहरीले नियन्त्रणमा लिन सफल भएको बताइन्छ । तस्करीका मालसमानको साथै कुख्यात तस्कर राजेश कुश्वाहालाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सर्लाहीको नाका हुदै भइरहेको तस्करीको बिषयमा यस घटनाले उजागर समेत पारिसकेको छ । तसर्थ ः सीमा नाकाको प्रमुख जिम्मेवारी वहन गर्दै आएका सशस्त्र प्रहरी बल नेपालको माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.