Ultimate magazine theme for WordPress.

सरस्वती पुजाको अवसर पारेर नेवि संघ द्वारा ठाकुरराम क्याम्पसमा वृहत सरसफाई

65

वीरगंज, माघ १४ / सरस्वती पुजाको अवसर पारेर नेपाल विधार्थी संघले आज वीरगंज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा वृहत सरसफाई गरेको छ । यही माघ महिनामा हुने विधाकी देवी माता सरस्वती पुजाको दिन नजिकीदै जादा नेपाल विधार्थी संघ पर्सा क्षेत्र नम्बर १ ले ठाकुरराम बहुमुखी क्याम्पसमा वृहत सरसफाई गरेको हो ।
नेपाल विधार्थी संघ पर्सा क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति देवप्रकाश पटेलको अध्यक्षतामा भएको वृहत सरसफाई कार्यक्रमका प्रमुख अतिथी कांगे्रसका युवा नेता धर्मेन्द्र पटेलले क्याम्पस प्रांगणमा रहेको सरस्वतीको मन्दिरलाई पानी पटाएर सरसफाई गरी कार्यक्रमको उदघाटन गरेका थिए । सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता पटेलले नेवि संघले क्याम्पसको सफाई संगै यस भित्र रहेका विकृतीहरुको पनि सफाई गर्दै लैजाने बताउनुभयो । उहाँले सफाई अभियानलाई अझ वृहत बनाएर सफाई प्रति जनलहर फैलाउने जानकारी दिनुभयो । ठाकुराराम बहुमुखी क्याम्पसमा नेवि संघको योगदान एतिहासिक भएको बताउदै नेता पटेलले क्याम्पसमा हुने हरेक क्रियाकलापमा नेवि संघले नेतृत्वदायि भुमिका निर्वाह गर्ने बताउनुभयो । यसैगरी क्षेत्रिय सभापति देव प्रकाश पटेलले सफाई अभियानलाई निरन्तरता दिने बताउनुभयो । उहाँले नेवि संघले समय मिलाएर अन्य क्याम्पस,बिद्यालय र सार्वजनिक स्थलहरुको पनि सफाई गर्ने जानकारी दिनुभयो । परिर्वतन र बिकाशको लागि नेवि संघ सदैव तयार रहेको बताउदै आउने दिनमा पनि ठाकुररामको शैक्षिक सुधार एवं वृहत बिकाशको लागि काम गर्ने बताउनुभयो । कार्यक्रममा नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेल, युवा नेता विश्वास दिवेदि,दिलिपराज कार्की,क्याम्पस ईकाइ अध्यक्ष मनोज साह, अनिल पटेल,राज चौरसिया,समिर मंसुर,पुरुषोत्तम दुवे ,बाबुनन्द पटेल,सुरज पटेल,प्रभात सिंह लगयतको सहभागिता रहेको थियो । कार्यक्रम पश्चात सफाई समाग्रीहरु क्यापसलाई हस्तान्तरण गरिएको क्षेत्रिय सभापति देव प्रकाश पटेलले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.