Ultimate magazine theme for WordPress.

सरकार र मोर्चाबीच आजको वार्तामा के होला ?

32

काठमाडौं,बैशाख ९: सरकारले मधेशी मोर्चालाई चुनावमा सहभागिता गराउने सुनिश्चताको लागि आज पनि गृहकार्य जारी राख्ने भएको छ । हिजो दिनभर भएका श्रृखलाबद्ध संवादमा केही प्रगति भएजस्तो देखिएपछि सरकारले आज पनि मधेशी मोर्चासँग संवाद जारी राख्ने भएको छ ।

हिजो विहान र साँझ गरेर मोर्चा र सरकारबीच दुइृ चरणमा छलफल भएको थियो । छलफलका क्रममा दुवै पक्ष संसोधन विद्येयक परिमार्जनसहित फास्ट ट्रयाकबाट पारित गर्ने, मोर्चा चुनाव आउने, स्थानीय तहको सख्या बढाउनु पर्ने भए दुई चरणमा निर्वाचन गर्ने जस्ता विषयमा सहमति नजिक पुगेका छन् । आजको वैठकमा सरकारले संसोधन सम्बन्धी नयाँ मस्यौदा ल्याए आफुहरु चुनावमा जान तयार हुने मोर्चाका नेताहरुले बताएका थिए ।

हिजो विहान भएको वैठकमा प्रधानमन्त्री प्रचण्डले मोचाृ चुनावमा आउने सुनिश्चता भए संसोधन विद्येयकमा परिमार्जन गर्न सकिने, आबश्यक परे दुई चरणमा चुनावमा जान सकिने जस्ता विकल्प अगाडि सारेका थिए । तर, यसका लागि मोर्चाले चुनावमा आउने सुनिश्चता जनाउनुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।

प्रमुख प्रतिपक्ष दल एमालले पनि मोर्चा चुनावमा आउने सुनिश्चता भए संसोधन प्रस्तावमा लचकता देखाउन सकिने जनाएको छ ।
यस अघि सरकारले दर्ता गराएको विद्येयकले आफुहरुका माग सम्बोधन नगरेको भन्दै मोर्चाले आमहड्तालसहितका संघर्षका कार्यक्रम घोषणा गरेको छ । मोर्चाको संघर्षको कार्यक्रमले तराई–मधेशको चुनाव प्रभावित हुने आंशका पनि कायमै छ । यद्यपी मोर्चालाई चुनावमा सहभागी गराउन सरकार र सत्तारुढ दलको तर्फबाट प्रयास भने कायमै छ ।

Leave A Reply

Your email address will not be published.