Ultimate magazine theme for WordPress.

सरकारी कागजात सहिछाप गरि किर्ते गरेको अभियोगमा भूमिसुधार कार्यालय पर्साका पटेल सहित नायब सुब्बा मन्सुर पक्राउ

108

पर्सा ८ श्रावण – सरकारी कागजात सहीछाप गरी किर्ते गरेको अभियोगमा भूमिसुधार कार्यालय पर्साका नायब सुब्बा राज महम्मद मन्सुर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले मङ्गलवार दिउँसो नासु मन्सुरीलाई भुमिसुधार कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।
सरकारी कागजात सहीछाप गरी किर्ते गरेको अभियोगमा भूमिसुधार कार्यालय पर्साका नायब सुब्बालाई पक्राउ गर्नुको साथै मालपोत कार्यालय पर्साका निलम्बित प्रमुख गमबहादुर विकलगायत ७ जनामाथि सरकारी कागजात सहीछाप किर्ते गरेको अभियोग लागेको छ । प्रमुख विक अस्थायी ठेगाना वीरगंजबाट फरार भएकोले नियन्त्रणमा लिन नसकेको तर खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सोही अभियोगमा वीरगंज भिस्वा निवासी रमु पटेललाई प्रहरीले सोमबार नै पक्राउ गरिसकेको पर्सा प्रहरीले जानकारी जनाएको छ । सरकारी कागजात सहीछाप गरी किर्ते गरेको अभियोगमा २ जनालाइ पक्राउ गरिएको र बाकी ५ जनाको खोजतलास भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.