Ultimate magazine theme for WordPress.

सरकारविरुद्ध ओलीका यस्तो छ पाँच आरोप

31

सार्वभौमसत्ता विरुद्ध प्रस्ताव ल्याइयो
देशको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डताविरुद्ध संसद्मा प्रस्ताव पेस हुन्छन् भने ती छलफलयोग्य हुँदैनन् ।संसद्को मतदानबाट विभिन्न देशको भविष्य के भएको छ भन्ने हामीले देखेका छौँ । संविधान परिवर्तनीय ग्रन्थ हो । देश, जनता र लोकतन्त्रको हितमा संशोधन हुन सक्छ । तर, यसो भन्दैमा संसद्मा जे पनि ल्याउन पाइने, बोल्न पाइने भन्ने हुँदैन । अहिलेको संशोधन विधेयक छलफलका लागि पेस पनि हुन्न, पास पनि हुँदैन । संसद् संसदीय मर्यादा र संविधानअनुसार चल्ने संस्था हो ।

प्रधानमन्त्रीले नै उत्तेजना फैलाए
तानाशाही व्यवस्थाको भन्दा बढी असत्य, भ्रामक कुरा गरेर प्रधानमन्त्रीले नै उत्तेजना फैलाइरहनुभएको छ । शान्तिपूर्ण आन्दोलनलाई पनि वितण्डाको संज्ञा दिएको छ । तराईमा प्रतिपक्षलाई जान नदिने घोषणा गरेको छ ।

चुनाव नगर्न विभिन्न बहाना गरिँदै छ

संसद्मा के अड्किएको छ रु स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन बुझाउन खोज्दा प्रधानमन्त्रीले बुझ्नुहुन्न । संघीय संसद्को चुनावी क्षेत्र निर्धारणका लागि निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोग बनाउनुहुन्न । संसदीय समितिमा निर्वाचनसम्बन्धी कानुनमा छलफल हुँदैन । चुनाव छल्न उनिहरूले विभिन्न बहाना बनाएर अलमल्याइरहेको छ ।

निषेधको राजनीति सैह्य छैन

प्रतिपक्षलाई जनतामा जान दिइन्न भनेको संसारमा कतै सुनिएको छ रु सत्तापक्षलाई यसरी उत्तेजक ढंगले प्रस्तुत नहुन म आग्रह गर्दछु । हामीलाई कार्यक्रम गर्न नदिने कुरा बन्द गर्नुस् । निषेधको राजनीति एमालेलाई सैह्य छैन, अप्रिय स्थिति निम्तिने दिन नआवस् ।

खल्तीको कैँचीले जहाँ भेट्यो त्यहीँ रिबन काट्यो

देश विकासको कुरा पनि देखिएको छ । एक–दुई दिन बसेको घरमा गुरिल्ला ट्रेलको उद्घाटन गर्दै उनले रिबन काट्नुभयो रे । एउटा हेलिकोप्टरमा झुन्ड बोक्यो, खल्तीमा कैँची र सलाई बोकेर हिँड्यो, जहाँ भेट्यो त्यहीँ रिबन काट्यो । भूकम्पले सिंहदरबार भत्काएको छ, तर त्यतै ९रुकुमको चुनवाङ०मै सिंहदरबार बनाउन लाग्नुभो कि क्या हो रु यसरी देशको विकास हुन्छ रु संविधान कार्यान्वयन हुन्छ नयाँ पत्रिका दैनिकबाट

Leave A Reply

Your email address will not be published.