Ultimate magazine theme for WordPress.

सरकारले दुःख सुखमा साथ दिन्छ भन्ने अनुभूति दिलाउने छौं : गृहमन्त्री खाँण

344

उमेश दुबे
पर्सा, ३१ असार / गृहमन्त्री बालकृष्ण खाँणले अबको सरकार जनतालाइ दुःख सुखमा साथ दिन्छ भन्ने अनुभूति दिलाउने बिश्वास व्यक्त गर्नुभयो । उहाले पछिल्लो दिनहरूमा के कस्तो क्रियाकलाप भएको नभएको बिषयमा चर्चा नगर्नु हुँदै अगामी दिनमा जनताको सुरक्षाको साथ साथै सुख दु:खमा साथ दिन्छ भन्ने अनुभूति दिलाउने पूर्ण रूपले प्रयास गर्ने बताउनु भएको हो ।
आफ्नो मुलूकको साथ साथै आफ्नो देशको जनतालाई के कसरी सुरक्षा दिने हो त्यो बिषयमा कुनै किसिमको सम्झौता नगर्ने गृहमन्त्री बालकृष्ण खाँणले बताउनु भयो । आज उहाले पत्रकारहरू सङ्ग कुरा गर्दै सुरक्षा ठूलो चुनौतीको रूपमा रहेपनी अहिलेको सरकार कुनैपनी हालतमा आफ्नो काम र कर्तव्यबाट पछि नहटने प्रतिवधता गर्दै मुलूकमा अमन चयनको शासन लिएर आउने बताउनु भयो ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले सीमा नाकाको साथ साथै मुलूकमा कुनैपनी अपराधी क्रियाकलाप हुन नदिन बताउदै यस्तो कार्य रोक्नमा सबै नेपाली नागरिकको सहयोग हुने बिश्वास ब्यक्त गर्नु भयो । उहाले असल नेपाली नागरिकले आ आफ्नो ठाउबाट इमान्दारिता पूर्वक सहयोग गरे मुलूकमा अमन चयनको शासन ल्याउन बेर नलाग्ने ठोकुवा समेत गरे ।
गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कार्यकालमा मुलूकको जनता माथी कुनै किसिमको अत्याचार, अन्याय गर्न खोजियो भने आफू चुप लागेर नबस्ने बताउनु भयो । सता भन्दा पनि आफू नेपाली नागरिकको हैसियतले देश र जनताको सुरक्षाको निम्ति खडा रहि रहने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.