Ultimate magazine theme for WordPress.

समाचारको विषयलाई लिएर पत्रकार दिपक चौरसियामाथि आक्रमणको प्रयास

181

वीरगंज २२ फागुन । काठमाण्डौबाट संचालित मिरमिरे अनलाईनमा आईतवार “आन्तरिक राजश्व कार्यालयका प्रमुख तिवारी कमाउधन्धामा, अधिकृत पटेलको समन्वयमा अबैध कारोबारीबाटै असुली” शिर्षकको समाचार प्रकाशित भए पछि कार्यालय प्रमुख ढाकाराम तिवारी र कर अधिकृत संदिप पटेलले असुली गरेको रकमबाट स्थानिय केही पत्रकारहरुलाई खुवाई राति करिब १० बजेको समयमा पर्सा संवाददाता दिपक चौरसिया माथि आक्रमणको प्रयास गर्न लगाएका छन् ।
पर्साको मिर्जापुर निवासी अपराधि प्रवृतिका जय प्रकाश कुशवाहाले ९८१११७०३३७ मोबाईल नम्बरबाट प्रमुख चौरसियाको ९८१४२८६२५२ मा फोन गरी “दिपक चौरसिया बोलेको हो ? जवाफमा मैले हो चौरसिया बोलेको, तिमी कहा छस्, म घरमा छु भनि भन्दा अहिले तिमिलाई भेटनु छ, १० मिनेटमा हामी घरमै आई राखेका छौं, बाहिर निस्क, तिमी को हो, के काम छ भनि सोध्दा मोबाईल फोनको लाईन काटिदिए ।
सम्बाद भएको केही बेर पछि धम्की दिने कुशवाहाले पत्रकार मनोज पटेल, शम्भु कुमार सुमन, संतोष साह, हरिशंकर शर्मा, बृजलाल पासवान लगायतकालाई लिएर मेरो घर अगाडि आमाचकाली तथानाम गाली गर्दै गुण्डा शैलीमा ढोकामा लातले हिर्काउदै बाहिर निस्क भन्दै होहल्ला गरिरहेकोमा मैले यथार्थकुराहरु घरभित्रैबाट प्रहरी उपरिक्षक कोमल शाहलाई जानकारी गराए पछि तत्कालै घटनास्थलमा प्रहरीको टोली आई पुगेको पत्रकार चौरसियाले बताए ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा आएको टोलीले धम्की दिनेहरु संंग सोधपुछ गर्दा कर कार्यालयको पैसामा बिकेका पत्रकारहरु प्रहरी संग हामी पत्रकार हौं, चौरसिया संग केही सोधपुछ गर्न आएका हौं भनि पन्छेका थिए ।
मोबाईल फोनमा धम्की दिने अपराधि प्रवृतिका जय प्रकाश कुशवाहालाई प्रहरीले समात्न प्रयास गर्दा पत्रकारहरुले वहां पनि पत्रकारै हो भनेर झुक्याएका थिए । तर जय प्रकाश कुशवाहा पत्रकार होईनन् । प्रहरीको टोली समयमै नगएको भए मलाई अपुरणीय क्षति हुने नै थियो । पत्रकार चौरसियाले समाचारको विषयलाई लिएर रातीको समयमा मेरो घरमा आएर आतंकित बनाउने जो सुकैलाई कानुनी दायरामा ल्याउन जोडदार रुपमा माग गरेको बताउनु भयो ।
यता आन्तरीक राजस्व कार्यालय वीरगंज पर्साले गरेको चर्तिकलाको बिषयमा समाचार उजागर भए पश्चात न्यूज २४ टेलिभिजनका सम्वाददाता हरिशंकर शर्माले बिभिन्न अनलाइन पोर्टल साइटका संचालकलाई फोन गरी समाचार हटाउन दवाब समेत दिएको अडियो रेकर्ड बाहिरिएको छ । भाडाको टटु जस्तै पत्रकारिता पेशामा पनि हुन थालेपछि अपराधी मनस्थित बोकेकाहरुको बिगबिगी हुन थालिएको यस घटनाले पुष्टि समेत गरेको छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले दुबै पक्षलाई अहिले जिल्लामा बोलाएर कुरा बुझने प्रतिकृया दिएका छन ।

Leave A Reply

Your email address will not be published.