Ultimate magazine theme for WordPress.

सप्तरी घटनाको जिम्मेवार एमालेको शीर्ष नेता – उपाध्यक्ष गद्धी

94

विरगंज, फाल्गुन २८ : संघिय समाजवादी फोरम नेपालको पर्सा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन आज गा.वि.स चोर्नीमा सम्पन्न भएको छ ।

संघिय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवं सांसद लाल बाबु राउत गदीको प्रमुख अतिथित्व एवं जिल्ला अध्यक्ष प्रदिप यादवको विशिष्ठ अतिथित्वमा क्षेत्र नं. २ को गाविस चोर्नीमा सम्पन्न अधिवेशनले वाशुदेव यादवको अध्यक्षतामा ५४ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा प्रयाग भंडारी, असरफी साह त्यस्तै सचिवमा राधाकृष्णन रैनियार साह, सचिव बिनेश साह कानु, कोषाध्यक्षमा देवनाथ पटेल, सदस्यमा शिवनाथ पटेल, हरिशंकर कुशवाहा, सुबाश गुप्ता, भरत यादव लगायत रहेक छन ।

कार्यक्रममा बोल्दै उपाध्य्क्ष गदीले भने ‘अहिले मधेश अशान्त अवस्थामा छ, जनतामा आक्रोश छ, ठाउँ–ठाउँमा आन्दोलनहरु भैरहेका छन्, यस्तो अवस्थाम एमाले जस्तो विगतमा सरकारमा बसेको र फेरि पनि सरकारको नेतृत्व लिन सक्ने पार्टीले गलत समयमा गलत काम गरेको छ, यसले जनतामा गलत सन्देश प्रवाह भएको छ ।” उनले सप्तरी घटनामा एमालेका शीर्ष नेताहरुको हात भएको बताए । केही शीर्ष नेताहरूले मधेस र मधेसी विरुद्ध विषबमन गर्ने व्यवहार, मधेसी समुदायलाई अपमानित गर्ने, होच्याउने र दुरव्यवहार गर्ने खालका गैरजिम्मेवार, भड्काउपूर्ण एवम् उत्तेजक अभिव्यक्ति नै यस घटनाको मुख्य कारक तत्व हुन् भन्ने सांसद लाल बाबु राउत गदीले आरोप लगाए ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि फोरम नेपालका जिल्ला अध्य्क्ष प्रदिप यादवले आफ्नो मन्तव्य राख्दै, संविधान संशोधन प्रस्ताव पारित नभएसम्म देशमा कुनैपनि चुनाव हुन नसक्ने ठोकुवा गर्दै भने, ‘संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ, त्यसको विकल्प छैन, हामीले उठाएका माँगहरु मधेशका मात्रै होइनन, यी त देशकै माग हुन्, त्यसैले पहिला संविधान संशोधन गरेर समस्याको समाधान गर्नुपर्छ, अनिमात्रै चुनावको कुरा आउँछ ।’ यद्यपी उनले आफूहरु चुनावको विरोधी नभएको स्पष्ट पारे ।

अधिवेशनमा संघिय समाजवादी फोरम नेपालका पुर्व  राज्य मन्त्रि करिमा बेगम, चर्चित उद्योगपति विजय सरावगी, हरिनारायण रौनियार, युवा नेता फिरोज मन्सुर, महिला नेत्री सुनिता शाह लगायत नेता कार्यकर्ताको उपस्तिथी रहेको थियो  ।

Leave A Reply

Your email address will not be published.