Ultimate magazine theme for WordPress.

सडक ढलानमा वडा अध्यक्षले अनियमित्ता गरेको स्थानीयहरुको आरोप

513

उमेश दुबे
बारा, ११ असार ÷ बाराको फेटा गाउपालिका वडा नम्बर ४ फुलवरीयामा भइरहेको सडक ढलानमा वडा अध्यक्षले अनियमित्ता गरेको स्थानीयले आरोप लगाएका छन् । सडक ढलान ६ ईन्च हुनुपर्नेमा मात्र ३ ईन्च ढलान गरिरहेको स्थानीयले आरोप लगाएका हुन ।
फेटा गाउपालिका वडा नम्बर ४ फुलवरीया टोलमा भइरहेको सडक ढलानमा आफ्नै घरको सदस्यलाई उपभोक्ता समितिका अध्यक्ष बनाई रकम हिनामिना गर्नको निम्ति ६ इन्चको ठाउमा मात्र ३ ईन्च ढलान गरिरहेको स्थानीयले आरोप लगाएका छन् । वडा अध्यक्ष वकिल यादवले गाउपालिकाबाट आएको बजेटलाई दुरुयोग गर्दै आफ्नो मनोमानी तरिकाले सडक ढलान गराइरहेको स्थानीयले आरोप लगाए । स्थानीयहरुले आफ्नो गाउ ठाउको विकास हुन जरुरी छ तर विकासको नाममा आएको बजेटले राम्ररी विकासको कार्य हुन नसकेको स्थानीयले आरोप लगाए ।
फेटा गाउपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले गाउपालिकामा पर्ने ७ वटै वडाहरुमा सडक ढलान, नाला लगायतको निर्माण कार्य भइरहेको बताउनु भयो । उहाले ७ वटै वडाहरुमा इन्जिनियरको टोली परिचालन गरेको बताउनु भयो । सडक ढलान, नाला निर्माण लगायतको कार्यमा कुनै किसिमको लापरवाही गरेको भेटिए भुक्तानी नगर्ने गाउपालिका अध्यक्ष अमिरीलाल प्रसादले बताउनु भयो । उहाले आफ्नो क्षत्रेमा पर्ने सबै जसो गाउहरुमा सडक निर्माणको कार्य भइरहेको हुदा समयको अभावले आफै नखटी इन्जिनियर लगायतको टोलीलाई परिचालन गरिएको बताउनु भयो ।
यस बिषयमा फेटा गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वकिल यादव संग बुझदा बाहिर रहेको बताउदै पन्छिन खोज्नु भयो । उहाले सडक ढलानमा आफुले उपभोक्ता समितिलाई केही निर्देशन नदिएको बताउनु भयो । वडा अध्यक्ष यादवले आफु बाहिर रहेकोले हाल आउन नसक्ने बताउदै पन्छिन खोज्नु भयो ।
यता फेटा गाउपालिकाबाट विकासको निम्ति बिनियोजन गरिएको रकम स्थानीय सरकारकै सहयोगमा अनियमित्ता भएको पाइएको छ । सडक ढलान गर्नको निम्ति इट्टा, बोल्डर, गिटी, बालुवा लगायत सीमेन्टको प्रयोग हुने गरेपनि बोल्डर माथि नै ढलान गर्न लागिएको हेरिएको छ । यस आर्थिक बर्षको रकम सिध्याउनको निम्ति आफ्नो मनोमानी पाराले वडा अध्यक्षले गरिरहेको स्थानीयले आरोप लगाए । तसर्थ ः यस बिषयमा सम्बन्धीत निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.