Ultimate magazine theme for WordPress.

संशोधित यात्रा प्रतिवन्ध नीति अर्को साताः ट्रम्प

375

वासिङ्टन, फागुन ६ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अदालतले ‘सहयोग’ नगर्दा यात्रा प्रतिवन्ध निर्णय कार्यान्वयनमा ल्याउन नसकिएको बताएका छन्। ‘यात्रा प्रतिबन्धबारे हाम्रो निर्णय सहज रुपमा अघि बढिरहेको थियो’ उनले भने, ‘तर हाम्रो अदालत खराब छ र निर्णय पनि खराब भयो।’

आफूहरु अदालतको यो आदेशबाट नरोकिएको बताए। मुसलमान बहुल सात देशका मानिसहरुमाथि लगाइएको विवादस्पद प्रतिबन्धलाई कायम राख्न अर्को साता संशोधित निर्णय आउने उनले बताए।

आफ्नो कार्यकालको सुरुआती साताको समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा उनी सञ्चारमाध्यमहरुसित निकै आक्रोशित देखिए। उनले पत्रकारहरुको बेइमानीको स्तर नियन्त्रणभन्दा बाहिर गएको बताए। केही सञ्चारमाध्यमले ट्रम्प सरकारमा अराजकता देखिएको टिप्पणी गर्दै आएका छन्। ‘हामीले गरेको काम ठिक छ, तर पत्रकारहरुले बेइमानी गरिरहेका छन्,’ उनले भने।

उनले लगाएको यात्रा प्रतिबन्ध र एकजना उच्च तहका सल्लाहकारलाई पदबाट हटाउनुलाई सञ्चारमाध्यम र आलोचकहरुले ह्वाइट हाउसमा देखिएको ‘भद्रगोल’ भनी टिप्पणी गरिरहेका छन्।

तर उनले आफूले आफ्नो चुनावी अभियानका क्रममा गरेका बाचाहरु पूरा गरेको र पहिलो साता आफ्नो प्रशासनले एकदमै सहज रुपमा काम गरेको बताए।

उनले सेयर बजार उकालो लागेको र अवैधानिक रुपमा छिर्ने आप्रवासीहरुलाई नियन्त्रण गर्न सकेको विषयलाई आफ्नो प्रशासनको महत्वपूर्ण सफलताका रुपमा प्रस्तुत गरे।

राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइकल फ्लिनले ट्रम्पले पदभार सम्हाल्नुअघि नै रुसी राजदूतसँग अमेरिकाले रुसमाथि लगाएका प्रतिबन्धबारे छलफल गरेको खबरहरु बाहिर आएपछि उनले गत बुधबार राजीनामा दिएका थिए। बीबीसी

Leave A Reply

Your email address will not be published.