Ultimate magazine theme for WordPress.

संशोधन प्रस्ताव आज पेश होला ? सभामुखका छन् तीन रणनीति

63

काठमाडौं,पुष १८: संविधान संशोधनको विषयमा सहमतिका लागि सभामुख ओनसरी घर्तीले दिएको चार दिनको अल्टिमेटमपछि व्यवस्थापिका संसद्को बैठक आज पुनः बस्दैछ । तर, दलहरुबीच संशोधनको विषय र प्रक्रिया दुवैमा सहमति छैन।

पूर्ववत अडानवाट सत्तापक्ष र प्रतिपक्ष दुवै पछि हटेका छैनन्। दलहरुको मोर्चाबन्दी र ध्रुवीकरणवीच संसद् बैठक दिउसो १ बजेका लागि बोलाइएको छ।

ध्रुवीकरणवीच बस्न लागेको बैठकको सम्भावित कार्यसूची संसद् सचिवालयले पुरानै प्रकाशित गरेको छ। जसमा मन्त्रिपरिषद् बिस्तारको जानकारी सदनलाई गराउने, निर्वाचन कसुर र स्थानीय तह निर्वाचन सम्वन्धी विधेयक सदनमा पेश गर्ने र संविधान संशोधन विधेयकमाथिका विरोधका सूचना निर्णयार्थ पेश गरी प्रस्ताव सदनमा पेश गर्ने छन्। त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्तविरुद्धको विचाराधीन महाभियोग प्रस्ताव पनि छलफलको अन्तिम कार्यसूचीमा छ।

तर, सदनको कारवाही सुचारुवारे दलहरुवीच कुनैपनि समझदारी बनेको छैन । सोमवारको बैठक पनि कार्यसूचीमा प्रवेश नगर्ने करिव निश्चित छ। सत्तारुढ दलहरुले प्रस्ताव सदनमा पेश गर्ने र प्रतिपक्षले प्रस्ताव रोक्ने रणनीतिमा छन्।


सभामुखका योजना

सभामुख ओनसरी घर्तीले यसअघि दिएको चार दिनको अल्टिमेटम अनुसार सोमवारको बैठक एक पटक मात्र बस्ने छैन। पहिलो बैठक अवरुद्ध भए सभामुखले दोस्रो बैठकको तयारी गरेकी छिन्।

दोस्रो बैठक र सम्भावित रणनीतिबारे सभामुखले विहीवार नै शीर्ष नेताहरुलाई जानकारी गराइसकेकी छिन् ।

सभामुखले बिषयमा सहमति गराउने, विषयमा सहमति हुन नसके संशोधन प्रस्ताव पेश गरी छलफल गराउने प्रक्रियामा सहमति गराउने र दुवैमा सहमति नभए प्रतिपक्ष थकाउने रणनीति लिएकी छिन्। तेस्रो विकल्प अनुसार एक दिन एकभन्दा बढी बैठक राख्ने रणनीति सभामुखको छ।

Leave A Reply

Your email address will not be published.