Ultimate magazine theme for WordPress.

संविधान संशोधनका बिषयमा तीन नेताबीच छलफल

73

भक्तपुर, ११ पुस : नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र तराई मधेस लोकतान्त्रिक पार्टीका तीन नेताबीच सोमबार भक्तपुरमा भेटवार्ता भएको छ ।

सोमबार भक्तपुरको सानोठिमीस्थित ठाकुर निवासमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा नेताहरुबीच संविधान संशोधनको विषयलाई लिएर भइरहेको गतिरोधलाई कसरी हटाउने भन्नेबारेमा छलफल भएको हो।

तमलोपा अध्यक्ष ठाकुरले जारी गतिरोधको निकास खोज्ने पहलका लागि छलफल केन्द्रित भएको बताए ।
भेटका क्रममा संविधान संशोधन प्रस्तावलाई फिर्ता लिने वा परिमार्जन गरेर प्रक्रियामा जाने भन्ने बारेमा नेताहरुबीच छलफल भएको ठाकुरले जानकारी दिए ।

सभामुख ओनसरी घर्तीले सहमतिका लागि आज सात प्रमुख दलको संयुक्त बैठक आह्वान गरेको सङ्घारमा तीन नेताबीच भेटवार्ता भएको हो । रासस

Leave A Reply

Your email address will not be published.