Ultimate magazine theme for WordPress.

संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सचिव सहित ५६ जना राजधानी बाट पक्राउ

44

काठमाडौं,फाल्गुन २७ : संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठसहित दर्जनौं नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी घटनाको विरोधमा शान्तिपूर्ण रुपले नेपाल बन्दको अपील गरिरहेका सहअध्यक्ष श्रेष्ठसहित समाजवादी युवा फोरम नेपालका अध्यक्ष सुनिलकुमार चौधरीलाई रत्नपार्कबाट प्रहरीले गिरफ्तार गरेको छ ।

फोरम नेपालको नेतृत्वमा असनबाट शान्तिपूर्ण जुलूस प्रदर्शन गर्दै झन्डै दुई घण्टासम्म नगरको विभिन्न बजार परिक्रमापछि जुलूस रत्नपार्क पुगेको थियो । तर, प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई रत्नपार्कबाट पक्राउ गर्यो ।

सानुराजा शाक्य, मञ्जु अन्सारी, मजदूर अध्यक्ष यज्ञकुमार राई, काठमाण्डौ सह सचिव पे्रम शिल्पकार, जिल्ला सदस्यहरू ज्ञानराज शिखाकार, मंगल ताम्रकार, मनिष श्रेष्ठ र सुमन रायमाझीलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।

सप्तरी घटनाको विरोधमा संघीय गठबन्धनले आज एक दिनका लागि शान्तिपूर्ण रुपले नेपाल बन्दको आह्वान गरेको छ ।

Leave A Reply

Your email address will not be published.