Ultimate magazine theme for WordPress.

संघीय गठबन्धनको बैठक बस्दै

35

काठमाडौं, २० पुस : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले आन्दोलनको स्वरुपबारे छलफल गर्न बैठक बोलाएको छ । सत्तारुढ नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनले गरेको तीन बुँदे सम्झौता पालना नगरेको भन्दै आन्दोलनको तयारीमा गठबन्धन जुटेको छ ।

सरकारले ल्याएको संविधान संशोधन विधेयक अपूरो रहेको भन्दै मोर्चा÷गठबन्धनले परिमार्जनसहित पास हुनुपर्ने माग राख्दै आएको छ । यता, कांग्रेसका सभापति शेरबहादुर देउवाले संशोधन विधेयकमा कुनै परिमार्जन नहुने अभिव्यक्ति दिएका छन् ।

संशोधन विधेयकमा कुनै परिमार्जन नहुने भएपछि मोर्चा÷गठबन्धनले आन्दोलनका लागि छलफल गर्न आज दिउँसो १ बजे संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा बैठक बस्दैछ ।

Leave A Reply

Your email address will not be published.