Ultimate magazine theme for WordPress.

संघिय समाजवादी फोरम नेपाल पर्साको मनियारी वडा कमिटि गठन

87

वीरगंज, माघ ११: संघिय समाजवादी फोरम नेपाल पर्साको वीरगंज उपमहानगरपालिका वडा नं. २५ मनियारी वडा ईकाइ कमिटि गठन भएको छ ।

मनियारीमा भएको भेलाबाट रामप्रसाद साह गोढको अध्यक्षतामा ६५ सदस्यीय वडा कमिटि गठन भएको छ । जस्को उपाध्यक्षमा ओमप्रकाश प्रसाद चौरसिया, सविच सिकेन्द्र प्रसाद यादव, कोषाध्यक्ष सिता देवी साह, सहसचिव लालबहादुर राउत कुर्मी, सदस्यहरुमा प्रमोद यादव, भिखम यादव, निता देवी चौरसिया, बिनोद यादव, सुनौना देवी, सुनिल साह तेली, संदिप यादव लगायत रहनु भएको छ ।

स्थानिय रामप्रसाद साह गोंढको सभापतित्वमा भएको भेलालाई सम्बोधन गर्नु हुदै पार्टीका केन्द्रिय उपाध्यक्ष एवं सांसद् लालबाबु राउत गदीले मधेसी, मुस्लिम, दलित, जनजाति, पिछडावर्गको हक अधिकार दिलाउनको लागि आफु तथा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनु भयो ।

भेलाबाट नव गठित पदाधिकारी तथा सदस्यहरुले पनि गाउंघरमा भइरहेको महिला हिंसा, बालबिवाह, दाइजोप्रथा लगायतका कुप्रथाहरुलाई न्युनिकरण गर्नमा सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनु हुदै प्रमुख अतिथि सांसद् गदीले आउदो माघ २८ गते वीरगंजमा हुने पार्टीको जिल्ला अधिवेशन तथा आमसभालाई भव्य र सभ्य रुपमा सफल बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आह्वान समेत गर्नु भयो ।

सो अवसरमा पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादव, केन्द्रिय सदस्य बिरेन्द्र यादव, प्रदेश सचिव सलाउदिन अहमद लगायत स्थानियबासीहरुको उल्लेखनि सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.