Ultimate magazine theme for WordPress.

संगठनको नीति निर्देशन विपरीत कार्य गर्ने सशस्त्र प्रहरी निरीक्षक पौडेल बाहिनी तानिए

587

उमेश दुबे
पर्सा, २१ पौष / सशस्त्र प्रहरी बल संगठनको नीति निर्देशन विपरीत कार्य गर्ने सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल बाहिनी तानिएका छन । बोर्डर आउट पोस्ट श्रीसिया प्रमुखको रूपमा सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल आए दिनदेखी संगठनको नीति निर्देशन विपरीत कार्य गर्दै आएको आरोपमा सशस्त्र प्रहरी बल, प्रदेश नम्बर २ बाहिनी तानिएका हुन ।
बोर्डर आउट पोस्ट श्रीसियामा सशस्त्र प्रहरी निरीक्षक आए दिनदेखी नै छोहडा, मरिच, कपडा, हार्डवेयर लगायतका तस्करहरू सङ्ग समन्वय गरि तस्करी गराइरहेको आरोपमा बाहिनी तानिएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ । शनिवार राती करीब ८ बजेको समयमा नेपालबाट भारततर्फ करीब १६ वटा साइकलमा छोहडा लोड गरि भारततर्फ जाँदै गरेको अवस्थामा स्थानियले अवरोध गरेपनी सशस्त्र प्रहरी निरीक्षक उल्टै तस्करकै साथ दिएका थिए ।
सशस्त्र प्रहरी बल, प्रदेश नम्बर २ बाहिनीका प्रमुख डिआइजी राजु अर्यालले दिएको निर्देशनको साथ साथै संगठनको नीति निर्देशनलाइ धज्जी उडाउदै तस्करी कार्यलाइ निरंतरता दिएकोले तानिएको श्रोतको दाबी रहेको छ । सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल आफ्नो वर्दीलाई कमाइ खाने भाडो बनाए पश्चात् बाहिनी तानिएको श्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.