Ultimate magazine theme for WordPress.

श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको २ सय ९६ औं जयन्तीको अवसरमा माल्यार्पण

154

वीरगंज २७ पुस ।
पृथ्वीनारायण शाहको २ सय ९६ औ जयन्ती एवम् राष्ट्रिय एकता दिवस आज पनि वीरगंजमा धुमधामका साथ मनाईएको छ । वीरगंजको घण्टाघर चोकमा आयोजित कार्यक्रमका प्रमुख अतिथी समाजसेबी एवम् राष्ट्रवादी पशुपति बिक्रम शाहले पृथ्वी नारायण शाह राष्ट्रिय विभूति, राष्ट्र निर्माता, राष्ट्रको आदर्श होइनन् भन्ने कुरा हृदयबाट हटाउन गाह्रो पर्ने बताउनु भयो । उहाले नेपालमा नेपाली र चन्द्र सूर्यको झण्डा रहेसम्म अमर रहिरहने बताउनु भयो । अहिलेको परिस्थितमा एकजना पृथ्वीनारायण शाह जस्तै बीर पुरुषको खाँचो रहेको हुँदा फेरी नेपालमा पृथ्वीनारायण जनमिनु पर्ने आवश्यक्त रहेको कुरामा जोडदिनु भयो । कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका बिनोद कुमारले पृथ्वीनारायण शाह राष्ट्रका पिता भएको हुनाले उहाँलाई बिर्सन गाह्रो रहेको बताउनु भयो । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय नागरिक संघर्ष समितीका केन्द्रिय सदस्य हिरा बहादुर चन्द, मानव सेवक अभियन्ता, समाजसेवी उषा शाह, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निशान थापा, सशस्त्र प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक निरन्जन थापा लगायतको उपस्थिती रहेको थियो । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका अंचल संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा आयोजित कार्यक्रमलाई समापन गर्दै गोयलले सम्पुर्ण नेपाली जनता एक नभए सम्म चारवर्ण ३६ जातका फुलवारी असुरक्षित रहेको भन्ने कुरामा जोड दिंदै अनेक्तामा एकता कायम गर्नु पर्ने सम्पुर्ण नेपालीको कर्तब्य रहेको बताउनु भयो । कार्यक्रममा स्वागत भाषण लक्ष्मी साहित्य समाजका अध्यक्ष महेशचन्द्र गौतमले गर्नु भएको थियो भने कार्यक्रमको संंचालन कबि अरुण बिक्रम शाहले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.