Ultimate magazine theme for WordPress.

श्री नेपाल अधारभूत बिधालयमा दिवाखाजा शुरू

243

उमेश दुबे
पर्सा, १ चैत्र / बिरगंज महानगरपालिका वडा नम्बर २६ सुगौली बिर्ताको बिधालयमा दिवाखाजाको ब्यवस्था शुरू गरिएको छ । सुगौली बिर्तामा रहेको श्री नेपाल अधारभूत बिधालयमा पढ्ने बिद्यार्थीहरूको लागि दिवाखाजा शुरू गरिएको हो ।

बिधालयमा पढ्ने बिद्यार्थीहरू टिफिनको समयमा घर जाने र घर गए पश्चात् फर्केर नआउने गरेकोले यो प्रावधानको ब्यस्था गरिएको वडा अध्यक्ष शम्भु मिश्रले बताउनु भयो । उहाले यस अनलाइन सङ कुरा गर्दै बिद्यार्थीहरूको लागि सबै भन्दा महत्वपूर्ण कुरो बिधालयमा दिने समय हो तर बिद्यार्थीहरू बिधालय समयमा आएपनी जाने समयमा अनुपस्थितको संख्या बढेकोले दिवाखाजाको ब्यवस्था गरिएको बताउनु भयो । वडा अध्यक्ष मिश्रले दिवाखाजाको ब्यवस्था हुदा बिद्यार्थीहरू बिधालयको समयमा आउने र जाने बिश्वास व्यक्त गर्नु भयो ।

Leave A Reply

Your email address will not be published.