Ultimate magazine theme for WordPress.

श्रीसिया नदी उद्योगपतिहरुको कब्जामा, नेताहरु भाषणमै सिमित

58

उमेश दुबे
पर्सा, १३ चैत्र / पर्साको श्रीसिया नदीलाई हालको समयमा, उद्योगपतिहरुले कब्जा नै गरेको पाइन्छ । उद्योगपतिहरुले श्रीसिया नदीलाई उद्योगबाट निस्केको फोहर पानी जम्मा गर्ने स्थल नै बनाएर कब्जा गरेको पाइएको हो ।
उद्योगबाट निस्केको फोहर पानीले श्रीसिया नदी प्रदुषणमै परिणत भएको छ । जसका कारण पर्सा जिल्लाको दर्जनौ गाउका स्थानीयहरु आजित बन्नुको साथै दुर्गन्धित क्षेत्रमा बस्न बाध्य भएका छन । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने श्रीसिया नदी मात्र नेताहरुको भाषणमा सफा हुने गरेको स्थानीयहरु बताउछन । श्रीसिया नदीमा मात्र उद्योगको फोहर पानी खसाइदैन, उद्योगबाट निस्केको छाई जम्मा गर्ने स्थलको रुपमा समेत परिणत भएको पाइन्छ । जसका कारण स्थानीयहरुको स्वास्थ्यमा असर पर्नुको साथै कृषकहरुले लगाएको अन्नबालीमा समेत क्षति पुग्ने गरेको स्थानीय बताउछन । उद्योगहरुको बिषयमा स्थानीयले अवाज उठाउदा केहि दिनको लागी मात्र प्रदुषित पानी र छाई खसाउन बन्द गर्ने गरेको तर केहि दिनमै फेरी पुरानै शैलीमा उद्योगहरुको प्रदुषित पानी र छाई खसाउने कार्य सुरु हुने गरेको स्थानीय दुखेसो पोखेका छन । तिन तहको निर्वाचनको समयमा नेताहरुले श्रीसिया नदीको बिषयमा ठुला ठुला भाषण गर्ने गरेको भएतापनि कुनै नेताले श्रीसिया नदी र आसपासका स्थानीयहरुको बिषयमा कुनै किसिमको चासो नदेखाएको आरोप स्थानीय लगाउछन ।
पटक पटक निर्वाचनको मुख्य एजेण्डा बन्दै आएको श्रीसिया नदी जस्ताको त्यस्तै रहेको पाइन्छ । तिन तहकै निर्वाचनको समयमा श्रीसिया नदी प्रदुषण मुक्त गर्ने अभियान नै चलाउने नेताहरुको भाषणवाजीले समेत स्थानीयहरु आजित भइसकेका छन । उद्योगपतिको रकमले रमाउने र निर्वाचन समेत लड्ने नेताहरु कसरी गर्लान त उद्योगपतिहरुलाई कारवाही ? भन्ने बिषयमा स्थानीय स्तरबाटै अवाज उठन थालिएको छ । स्थानीय मनोहर प्रसाद साहका अनुसार केहि बर्ष अगाडी श्रीसिया नदीको पानीबाट स्थानीयहरु नुहाउन गर्दथे तर हालको समयमा खुट्टा टेक्न समेत अवस्था नरहेको बताए । उनका अनुसार निर्वाचनको समयमा ठुला ठुला भाषण गर्ने नेताहरु निर्वाचन पश्चात मौन धारण नै गर्ने गरेको बताए ।
उद्योगबाट निस्केको फोहर पानीले मात्र स्थानीयहरुको स्वास्थ्यमा असर गरेको छैन, स्थानीयहरुले पालेको गाई भैसीमा समेत असर गरेको छ । स्थानीयहरुले पालेको भैसीलाई खेतमा चराउन लग्दा भैसी श्रीसिया नदीमा प्रवेश गर्नसाथ छालामा समेत असर गर्ने गरेको स्थानीय महिलाले जानकारी दिइन । नेताहरु मात्र राजनीतिको आडमा आफ्नो रोटी सेक्ने रवैयाले गर्दा उद्योगको पानी श्रीसिया नदीमा रोक्न नसकिएको आरोप स्थानीय महिला लगाइन । उद्योगबाट निस्केको फोहर पानी र छाईले गर्दा श्रीसिया नदीको पानीलाई प्रदुषित गर्नुको साथै स्थानीय बालबालिकादेखी घरपालुवा जनावरमा समेत असर गरेको बताईन ।
यति मात्र नभई श्रीसिया नदीको प्रदुषित पानीले गर्दा हिन्दुहरुले मनाउदै आएको छठ पर्बमा समेत असर परेको स्थानीय युवा रामप्रवेश पटेलले दुखेसो पोखेका छन । उनका अनुसार स्थानीय निर्वाचन भन्दा अगाडी नेताहरु घरदैलो गर्दै अहिले आफ्नो हातमा केही नरहेको र निर्वाचित भए पश्चात श्रीसिया नदीमा फोहर पानी खसाउने उद्योगलाई कारवाही गरिने ठुला ठुला भाषण मात्र गरी निर्वाचित हुने गरेको बताए । उनका अनुसार कुनैपनि निर्वाचनको समयमा आउने नेताहरु, जनतालाई झुक्याउदै ठुला ठुला भाषण गरेर निर्वाचित हुने र निर्वाचित भए पश्चात मुख समेत हेराउन नआउने गरेको बताए । उद्योगहरुले श्रीसिया नदीको जग्गा, आफ्नै जग्गा भए जस्तै भोग चलन गर्ने गरेको समेत बताए । एक बर्षमा मात्र दुई दिनको लागि मात्र सफा पानी आउने गरेको र त्यसपछि पुनः पुरानै रवैयामा पुग्ने गरेको स्थानीय रामप्रवेश पटेलले बताए ।
यता वीरगंज महानगरपालिका कार्यालयले पटक पटक बिभिन्न मितिमा श्रीसिया नदीमा प्रदुषित पानी नखसाउन उद्योगलाई परिपत्र नै गरेको पाइन्छ । तर कार्यन्वयन हुन नपाएको यो दृष्यले प्रमाणित गरेको छ । श्रीसिया नदी सरसफाई अनुगमन समितिका संयोजक इम्तियाज आलमले समेत चासो नदेखाएकै कारण आज छठपर्बको अवसरमा समेत सफाई हुन नपाएको आरोप लाग्न थालिएको छ । यस बिषयमा वीरगंज महानगरपालिका कार्यालयका उपप्रमुख तथा श्रीसिया नदी सरसफाई अनुगमन समितिका संयोजक इम्तियाज आलम कार्यालय बाहिरै हुने गरेको कारण प्रतिकृया आउन सकेन । यस बिषयमा सम्बन्धीत निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.