Ultimate magazine theme for WordPress.

शिव शक्ति घ्यू उद्योगको चरम लापरवाहीले स्थानीय दलित समुदाय उच्च जोखिममा, सम्बन्धीत निकाय मौन

182

उमेश दुबे
बारा, २९ असोज ÷ शिव शक्ति घ्यू उद्योग प्रा.लि.को चरम लापरवाहीले स्थानीय दलित समुदाय उच्च जोखिममा रहेपनि सरोकारवाला मौन रहेका छन । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको शिव शक्ति उद्योग प्रा.लि.का कारण ६० घर धुरीमा रहेका करिब २ सय भन्दा बढी नेपाली नागरिक मारमा परेका हुन ।
शिव शक्ति उद्योगबाट निस्केको फोहर पानी र छाईले गर्दा वडा नम्बर ५ का दलित समुदायले बिभिन्न किसिमको यातना सहदै आएपनि स्थानीय लगायत प्रदेश सरकारले समेत केही चासो नदेखाएको देखिन्छ । उद्योगबाट निस्केको फोहर पानीले गर्दा दलित समुदायले पाल्दै आएको भैसी, बाख्रालाई समेत समस्या थपिएको छ । उद्योगबाट निस्केको फोहर पानीले दलित समुदायको स्वास्थयको साथ साथै रांगा भैसी माथि पनि असर परेको छ । जस कारण दिन प्रति दिन दलित समुदायका व्यक्तिहरुमा रोगको संख्यामा बृद्धि भएको देखिन्छ ।
उद्योगबाट निस्केको प्रदुषण पानीले गर्दा घर पालुवा जानवरलाई समस्या थपिएको ठाउमा दलित समुदाय बाध्यतावश बस्न बाध्य भएका छन । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेका दलित समुदायले पटक पटक वडा अध्यक्षलाई गुहारिरहदा पनि केही चासो समेत नदेखाएको स्थानीयले दुखेसो पोखेका छन । स्थानीय तहको चुनावमा ठुला वडा भाषण गर्ने वडा अध्यक्ष लगायत जितपुर सिमरा उपमहानगरपालिकाका मेयरले समेत चासो नदेखाउदा तिन तहको चुनाव माथि नै बिश्वास उठदै गएको स्थानीयले आक्रोष पोखे । चुनावको बेला हात जोडदै घरदैलोमा पुग्ने नेताहरुले हालको समयमा यस्तो तरिकाको गैर जिम्मेवारीपन कार्य हेराउदा विश्वास नै उठेको स्थानीयले दुखेसो पोखे ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको शिव शक्ति घ्यू उद्योग र त्यसकै ठिक पछाडी रहेका वडा नम्बर ५ का दलित बस्ती जहा समस्या पर्दा कसैले चासो समेत देखाउदैन्न । दलित समुदाय पटक पटक स्थानीय निकायलाई गुहारि रहदापनि स्थानीय निकायले समेत कानमा तेल हाल्ने बाहेक केही गन नसकेको स्थानीय दलित समुदायले आरोप लगाएका छन । दलित समुदायका अनुसार स्थानीय निकायको साथ साथै जिल्ला प्रशासन कार्यालय बारामा समेत पटक पटक धाइरहदा समेत प्रमुख जिल्ला अधिकारीले केही चासो नदेखाएको स्थानीयले आरोप लगाए ।
यता जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी हालै उपस्थित भएको कारण आफुलाई केही जानकारी नभएको बताएका छन । यस बिषयमा आफु गहन छलफल गरिने र के कस्तो सत्यता रहेको बिषयमा छानबिन गरी कारवाही गरिने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बतााउनु भयो ।

Leave A Reply

Your email address will not be published.