Ultimate magazine theme for WordPress.

शिवसेनाका अध्यक्ष सहित २५ नेता कार्यकर्ता पक्राउ

75

वीरगंज, १५ मंसिर ÷ प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत सहित २५ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । एसिया प्यासिफिक समिटको विरोध गर्ने सम्भावना मुल्यांकन गरेर काठमाण्डौको गौशालामा बैठक चलिरहेकै बेला प्रहरीले अध्यक्ष बस्नेत सहित २५ जना नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको हो ।
यस अघि हिन्दु धर्मको विपक्ष र क्रिष्चियन धर्मको प्रचारका लागि आयोजना गरिएको भन्दै समिटको विरोध गर्दा करिब ५० जना विभिन्न धार्मिक संगठनका नेता कार्यकर्ताहरु पक्राउमा परिएको बताइएको छ । ५० जनालाई सम्मेलन होटल हायात नजिकै विरोध प्रदर्शन गर्ने क्रममा पक्राउ गरिएको बताइएको हो ।

Leave A Reply

Your email address will not be published.