Ultimate magazine theme for WordPress.

शान्ति सुरक्षाको नाममा ढिलाई, एकाबिहानै बरामद भयो कुकर बम

292

उमेश दुबे
पर्सा, १३ माघ ÷ शान्ति सुरक्षाको नाममा खटिएका प्रहरीहरुको ढिलाईका कारण एकाबिहानै कुकर बम बरामद भएको छ । शान्ति सुरक्षाको नाममा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो कार्य प्रति इमन्दार नरहेको कारण अपराधी गतिविधिमा संलग्न अज्ञात व्यक्तिहरुले कुकर बम राख्न सफल भएको स्थानियले बताएका हुन ।
केही महिनादेखी बन्द रहेको अपराधी क्रियाकलाप प्रहरीको फितलो कार्यले गर्दा बढ्दै गएको जानकारहरु बताउछन् । आज एकाबिहानै नेश्नल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदिन अंसारीको निवास मूल गेट अगाडी कुकर बम बरामद भएको छ । रातिको मौका छोपी केही अज्ञात व्यक्तिले कुकर बम राखिरहेको रहेको अवस्थामा सिसि टिभि केमरामा प्रस्ट भएको नेश्नल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदिन अंसारीले बताउनु भयो । उहाले दिएको जानकारी अनुसार आज बिहान करिब २ बजेर ४६ मिनेटमा केही अज्ञात व्यक्तिले आफ्नो निवासको मुल गेट अगाडी राखिरहेको अवस्थामा सिसि टिभि केमराबाट प्रस्ट भएको बताउनु भयो ।
अज्ञात व्यक्तिले राखेको बम बरामद हुनसाथ उक्त क्षेत्रमा प्रहरीले उच्च सुरक्षा व्यवस्था कडा बनाइएको थियो । नेपाली सेनाको डिस्पोजल टोली घटना स्थल पुगी करिब १० बजेर ३० मिनेटमा बरामद भएको कुकर बमलाई डिस्पोज गरेका थिए ।

Leave A Reply

Your email address will not be published.