Ultimate magazine theme for WordPress.

शन्काको अधारमा २२ जना नेटुवा टोलि सशस्त्र प्रहरीको फन्दामा

372

बारा, ३ माघ / सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ गइरहेको २२ जनाको सन्ख्यामा रहेको नेटुवा टोलिलाइ शन्काको अधारमा नियन्त्रणमा लिएको छ । बाराको गढिमाइ मेलाबाट भारततर्फ फर्किदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सीमाबाट्टै २२ जना नेटुवा टोलिलाइ नियन्त्रणमा लिएको हो ।
नेपालबाट भारततर्फ गइरहेको भारतीय नम्बरको गाडीलाई चेकजाच गर्दा महिलाले राखेको १२ थान महङ्गो मोबाइल बरामद हुनसाथ शन्का लागि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक युकेश उप्रेतीले जानकारी दिनुभयो । बोर्डर आउट पोस्ट कवहीगोठबाट आफू लगायत खटिएको टोलिले सीमा नजिकै चेकजाँच गर्ने क्रममा २२ जनालाइ नियन्त्रणमा लिएको बताउनु भयो ।
बि.आर.२४ पि १९५८ नम्बरको गाडी रोकि चेकजाच गर्ने क्रममा महिलाहरू सङ्ग रहेको १२ थान मोबाइल, कस्तुरी २० बोतल, सुन जस्तो देखिने कानको रिङ्ग ६ थान, नाकको फुली १ थान, कानको मुन्द्रा १ थान, नथुनी १ थान, नेपाली रूपैया ८ हजार २ सय २५ रूपैया सहित भारतिय रूपैया ३ हजार ४ सय बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक उप्रेतीले जानकारी दिनुभयो । पक्राउ गरिएको सबैलाइ अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.