Ultimate magazine theme for WordPress.

वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाउने सरकारको तयारी

88

काठमाडौं

काठमाडौँ  ,वैशाख २३ : प्रधानमन्त्री पुष्पकमल दाहालले औद्योगिक क्षेत्र विराटनगर र वीरगन्जलाई चुनावअघि नै महानगरपालिका बनाउने सरकारको तयारी रहेको बताएका छन् ।

महानगरपालिका बनाउनुपर्ने माग राख्दै भेट्न गएका कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदहरुको प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री दाहालले सरकारको तयारीबारे जानकारी गराएका हुन् । सीमाना हेरफेर नगरी सरकारले दुई उपमहानगरपालिकालाई महानगर बनाउने तयारी गरेको जानकारी प्रधानमन्त्री दाहालले गराएको प्रतिनिधि मण्डलमा सामेल सांसद अमृत अर्यालले बताए ।

प्रतिनिधि मण्डलमा सांसदहरु महेश आचार्य, भरतमोहन अधिकारी, मिनेन्द्र रिजाल, दिलिप गच्छदार, डिकबहादुर लिम्बु, शिवकुमार मण्डल, अमृत अर्याल, फरमुल्ला मन्सुर र आनन्द ढुंगाना सहभागी थिए । उनीहरुले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई सयुक्त भेटेका थिए ।

भेटमा कांग्रेस सभापति देउवाले पनि औद्योगिक क्षेत्र र  राजनीतिक ऐतिहासिकता बोकेका दुई सहरलाई महानगर बनाउने बताएका थिए । स्थानीय तह पुनर्संरचना आयोगको सिफारिस अनुसार सरकारले काठमाडौं, ललितपुर, चितवन र पोखरा–लेखनाथलाई मात्रै महानगर घोषणा गरेको छ ।

महानगरपालिका बनाउन आवश्यक पूर्वाधार रहेकाले पनि तत्काल घोषणा गर्न प्रतिनिधि मण्डले प्रधानमन्त्रीसँग जोड गरको थिए । ‘प्रजातान्त्रिक आन्दोलनमा विराटनगर र वीरगन्जले पुर्‍याएको योगदान, मजदूर आन्दोलनको केन्द्र, वीपी, गिरिजाप्रसाद र मनमोहनको गृहजिल्ला, औद्योगिक केन्द्रलगायतको आधारमा पनि महानगर बनाउनु पर्छ भन्ने हाम्रो जोड रह्यो,’ अर्यालले भने, ‘प्रधानमन्त्रीले तत्काल घोषणा गर्ने वचन दिनु भएको छ ।’

श्रोत : ई कान्तिपुर

Leave A Reply

Your email address will not be published.