Ultimate magazine theme for WordPress.

वीरगंज महानगर भित्र चरम लापरवाही, लापरवाहीका कारण स्थानीय तथा यात्रीहरुलाइ सास्ती

159

पर्सा, १४ भाद्र ÷ वीरगंज महानगरपालिका कार्यालय भित्र बढदै गएको चरम लापरवाहीका कारण स्थानीय तथा यात्रीहरुलाई सास्ती खेप्दै आउनु परेको छ । विकासको नाममा बढदै गएको चरम लापरवाहीका कारण स्थानीय तथा यात्रीहरुलाइ सास्ती खेप्नु परेको हो ।
वीरगंज महानगरपालिका कार्यालयका अध्यक्ष बिजय कुमार सरावगीले २० बर्षमा नभएको बिकासको काम ४ बर्षमा पुरा गर्ने ठोकुवा गर्दै चुनाव जित्न सफल भएपनि, हालसम्म वीरगंज महानगर भित्र रहेको सडक जस्ताको त्यस्तै रहेको पाइन्छ । वीरगंजको मुल सडकका साथ साथै नेपालको प्रमुख प्रवेशद्वारको रुपमा रहेको मितेरी पुलको अवस्था समेत दैनीय हुदै गएको छ । तर कहिलेपनि कमिसनको भाग बन्डा नमिल्दा बिकासको काम हुन नसकेको प्रष्ट देख्न सकिन्छ ।
जुन जोगी आएनि कानै चिरेको शब्द हालका वीरगंज महानगरका अध्यक्ष सरावगीले प्रमाणित समेत गरेका छन । स्थानीय युवाहरुले समाजिक संजालको माध्यमले वीरगंज महानगर भित्र भएको बिकास बारे पटक पटक समाचार उजागर गरेपनि महानगरका अध्यक्ष सरावगीले त्यसतर्फ कुनै किसिमको चासो देखाएको पाइएन । हाल वीरगंज महानगर भित्र रहेको सडकहरुको अवस्था दैनीय बन्दै गएको कारण स्थानीय तथा यात्रीहरुलाई सास्ती खेप्नु परिरहेको छ ।
वीरगंज महानगर भित्र रहेका स्थानीय तथा आवगमन गर्ने यात्रीहरुलाई समेत उक्त समस्याको सामना गर्दै आएका छन । दिनहु परिरहेको पानीले गर्दा खराब भएको सडकमा पानी जम्मा हुने गरेको कारण यात्रुहरुमा समेत समस्या थपिएको छ । प्रदेश नम्बर २ को एक मात्र महानगर भनेर चिनिने वीरगंज महानगर मात्र भनाईको लागी रहेको भन्दै एक जना यात्रीले आफ्नो दुखेसो पोखेका छन । वीरगंज महानगरपालिका भित्र प्रति बर्ष अर्बौ बजेट आउने गरेपनि आफ्नो कर्मचारीहरु लगायत आसेपासेलाई पाल्ने बाहेक केही गर्न नसकेको आरोप यात्रुहरुको रहेको छ ।
वीरगंज महानगरपालिका भित्र रहेको अधिकांश सडकहरुको निर्माण कार्य हुनु भन्दा अगाडी भागबन्डाको कुरा हुने गरिन्छ, एक जना कर्मचारीले बताए । उहाले वीरगंज महानगरपालिकाको कर्मचारी भएको कारण आफ्नो नाम उजागर नगर्ने सर्तमा पहिला भाग बन्डाको कुरा हुने गरेको र त्यस पश्चात काम हुने गरेको कारण विकासको तिब्रता हुन नसकेको बताए । वीरगंज महानगर भित्र रहेको सडक निर्माण गरेको कुन सडक हालसम्म राम्रो रहेको समेत, उनले बताए । भागबन्डाको कुरा मिलेपछि ठेकेदार कम्पनीले समेत कमसल समाग्री प्रयोग गरेकै कारण निर्माण त हुन्छ तर ६ महिना समेत टिक्दैन भन्दै उनले आरोप लगाए । यता वीरगंज महानगरपालिका भित्र भएको विकास बारे अध्यक्ष विजय कुमार सरावगी संग बुझन खोज्दा उहाले सम्पर्कमा आउन चाहेन्न ।

Leave A Reply

Your email address will not be published.