Ultimate magazine theme for WordPress.

वीरगंज—कलैया—बरियारपुर सडक निर्माणमा ढिलाई

86
उमेश दुबे
वीरगंज, १३ कार्तिक ÷ बारामा हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय वीरगंज अन्तर्गत निर्माण भइरहेको वीरगंज—कलैया—बरियारपुर सडक धुलोमय भएको कारण दिनप्रति दिन सडक दुर्घटना बढ्नुको साथै विकास निर्माणको विषयमा ढिलाई भएको भएको छ । हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय वीरगंज अन्तर्गत निर्माण भइरहेको उक्त सडक ठेकेदार पप्पु कन्ष्ट्रकसन, हिम सगरमाथा कन्ष्ट्रक्सन, स्वछन्द्र कन्ष्ट्रक्सनले लिएपनि आफ्नो मनोमानी तरिकाले गरिरहेको कार्यले गर्दा विकास निर्माणमा ढिलाई भएको हो ।
वीरगंज—कलैया—बरियारपुर सडकको बिच सेन्टर देखी ६÷६ मिटर दा“या र बा“या माटो, ग्रेभलिङ, पिचिङ गर्ने कार्यको ठेक्का भएपनि ठेकेदार कम्पनीले सडक निर्माण गर्दा समय—समयमा पानी नहालिदा सडक दुर्घटना भइरहेको यात्रीहरु बताउछन् । उक्त सडक भएर दिनहु ठूला तथा साना सवारी साधन हजारौ गुडने गर्छन । सडक निर्माण गर्दा ठेकेदार कम्पनीले निर्माणको क्रममा माटो माथि पानी पटाउने कार्य नगरिदिदा सवारी दुर्घटना भइरहेको सवारी चालकहरु बताउछन् । सवारी साधनको चाप त्यस्तै बढेको र धुलोमय भएको सडकले गर्दा केही हेर्नै नसक्दा दुर्घटनाको सम्भावना बढी भएको गाडी चालक बताउछन् ।
हुलाकी राजमार्ग योजना कार्यालय वीरगंज अन्तर्गत निर्माण भइरहेको वीरगंज—कलैया—बरियारपुर १९.९६ कि.मि.को सडक करिब ८६ करोडको लागतमा निर्माण भइरहेको छ । निर्माण भइरहेको सडक र सडकको निर्माणको कार्यले गर्दा यात्रीहरुलाई सास्ती खेप्नु परेको यात्रीहरु बताउछन् । यात्रीहरुले काम बिशेषले कहिले कलैया त कहिले वीरगंज १२ कि.मि.को सडक अहोरातीसम्म आउने र जाने गर्दछन । तर धुलोमय भएको सडकमा सवारीको चापले गर्दा र ठेकेदार कम्पनीले पानी नहालि दिदा सडक नै हेर्न गारो हुने गरेकोले दुर्घटनामा बृद्धि भएको यात्रीहरु बताउछन् । ठूला वडा सवारी साधनको कुरै छोडौ साइकल, मोटरसाइकल, कार, जिप लाययतका गाडीहरु गुडाउदा धेरै समस्याहरु खेप्नु परेको चालकहरु बताउछन् ।
एक जना यात्रीका भनाई अनुसार कहिले पानी पटाउदा नाम भरीको लागि मात्र सडकमा पानी हाल्ने गरेको बताएका छन् । आफुहरु दिनहु कलैया बजार पुगेर घर फर्किदा पुरै जिउ नै धुलोमय हुने गरेको बताए । सडक बिकाशको कार्य सम्पूर्ण मधेसकै बिकास हो तर कसैको ज्यानै संग खेलवाड गरी निर्माण गरिरहेको कार्य दुखदायी भएको बताउनु भयो । उहा“ले आफुहरु पटक पटक नगरपालिका कार्यालय लगायत पटक पटक यस बिषयमा भनेपनि मात्र नामभरीको पानी ल्याएर पटाउने गरेको बताए । धुलोमय सडकमा गाडी गुडदा बाटो नहेरिदा एक जनाको ज्यान समेत गएको उनले बताए ।
धुलोमय भएको सडकका कारण स—साना सवारी साधन देखी ठूला वडा सवारी साधनका चालक तथा यात्रीहरुलाई मुख छोपेर यात्रा गर्नुपर्ने बाध्य बनेको छ । धुलोमय भएको सडकले गर्दा स—साना चल्ने ईरिक्सामा समेत कमि आएको छ भने ट्राफिक समस्या झन थपिदै गएको छ ।

Leave A Reply

Your email address will not be published.