Ultimate magazine theme for WordPress.

वीरगंजको मुख्य सडकमा छाडा चौपायाका कारण दुर्घटनामा बृद्धि, महानगरपालिका मौन

153

उमेश दुबे
पर्सा, २४ बैशाख ÷ वीरगंज महानगरपालिकाको मुख्य सडकहरुमा जता ततै गाई÷गोरुका कारण दुर्घटनाको जाखिम बढ्दै गएको छ । वीरगंजको मुख्य सडकमा हजारौ सवारी साधनको चाप संगै गाइ÷गोरुको चाप पनि त्यस्तै बढ्दै गएको हो ।
स्थानिय तहको चुनाव पश्चात वीरगंजको मुख्य सडक लगायत बिकासको कार्यमा फितलो सुरक्षा हेरिनुको साथै ट्राफिक समस्यामा समेत चुनौती थपिएको छ । यस अनलाइन संग कुरा गर्दै स्थानिय समाजसेवी अबिशेक तिवारीले वीरगंजको मुख्य सडक लगायत महानगरपालिका भित्र लामखुटेको आतंक समेत बढेको बताए । महानगरपालिकाको ३२ वटा वडाहरु मध्ये मुख्य बजार आदर्शनगरमा मात्रै महानगरपालिकाले लामखुटेको औषधि छर्ने गरेको आरोप लगाए । उनले वीरगंजको मुख्य सडक पावर हाउस, मुर्ली चौक, आर्मी ब्यारेक, घण्टाघर, माईस्थान, आदर्शनगर लगायतका चौकहरुमा गाई÷गोरुको आतंक बढेको सबभन्दा ठूलो लापरवाही भनेको वीरगंज महानगरपालिकाको रहेको समाज सेवी अबिशेक तिवारीले आरोप लगाउनु भयो ।
मुख्य सडकमा बढ्दै गएको गाई÷गोरुले गर्दा ट्राफिक समस्या समेत हुने गरेको बताइएको छ । वीरगंजको मुख्य सडक लगायत बिभिन्न चौकहरुमा छाडा चौपायाहरुले गर्दा ट्राफिक समस्या हुन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका ट्राफिक प्रहरी निरीक्षक राज सिंह ठकुरीले जानकारी दिनुभयो । उहाले छाडा चौपायाले गर्दा आफ्नो कार्यकालमा दुर्घटना नभएपनि दुर्घटना हुन सक्ने बताउनु भयो । उहाले छाडा चौपायाको बिषयमा जिल्ला प्रहरी कार्यालय पर्सा संग समन्वय गरी व्यवस्थित गर्ने तर्फ लागि परेको ट्राफिक प्रहरी निरीक्षक राज सिंह ठकुरीले बताउनु भयो ।
वीरगंज महानगरपालिकाको बिभिन्न ठाउहरुमा छाडा चौपायाको बिगबिगी हुन थालेपछि सानो तिनो दुर्घटना हुन थालेपनि माहानगरपालिका कार्यालय मौन रहेको हेरिन्छ । छाडा चौपायाको बिषयमा महानगरपालिकाले व्यवस्थित गर्नुपर्ने तर महानगरपालिकाको लापरवाहीले ट्राफिक समस्यामा समेत चुनौती थपिदै जानु बिडम्बनाको बिषय बनेको छ ।

Leave A Reply

Your email address will not be published.