Ultimate magazine theme for WordPress.

वीरगंजको मनि चेन्जरहरुमा अवैध बिदेशी मुद्राको कारोवार

254

पर्सा, ६ असार / मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगंजमा मनि चेन्जरहरुको बढोत्तरी भइरहेपनि अवैध रुपमा बिदेशी मुद्राको समेत कारोवार बढेको समाचार प्राप्त भएको छ । छिमेकी राष्ट्र भारत लगायत चिन, अमेरिकन डलर, मलेसिया, साउदी, कतर लगायत बिदेशी मुद्राको अवैध रुपले कारोवार बढेको समाचार प्राप्त भएको हो ।
वीरगंजमा संचालन रहेका मनि चेन्जरहरु मध्ये अधिकांश मनि चेन्जरहरुबाट बिदेशी मुद्राको अवैध रुपले कारोवार बढेको छ । नेपाल राष्ट्र बैंकबाट मनि चेन्जरहरुले भारतीय १ सय रुपैया १५ पैसाको दरले लिने गरेको र ४० पैसाको दरले बिक्रि गर्ने प्रावधान रहेपनि ४ रुपैयाको दरले बिक्रि गर्ने गरेको रहस्य उजागर भएको छ । मनि चेन्जर संचालकहरुले भारतीय पैसामा मनपरी ढंगले रकम असुल गर्ने गरेतापनि सम्बन्धीत निकायको ध्यान जान नसकेको प्रष्ट हुन्छ । सम्बन्धीत निकायको मौनताले मनि चेन्जरहरुले आफ्नो अवैध कारोवारमा तिब्रता दिएका छन । जसका कारण आम सर्वसधारण उपभोक्ता ठगिको मारमा पर्ने गरेका हुन ।
नेपालको मनिचेन्जरहरुमा भारतीय ५ सय र २ हजारको रुपैया प्रतिवन्ध लगाइएपनि वीरगंजका अधिकांश मनि चेन्जरहरुमा ५ सय र २ हजारको नोट छ्यापछ्याप्ती फेला पर्न थालेको हो । मनि चेन्जरहरुले गरिरहेको अवैध कारोवारको बिषयमा बेला कुबेला समाचार प्रकाशित भइरहेपनि सम्बन्धीत निकायको ध्यान नजानु बिडम्बनाको बिषय बनेको छ । वीरगंजको अधिकांश मनि चेन्जरहरुमा सिसिटिभि केमरा समेत जडान गरिएको देखिदैन ।

Leave A Reply

Your email address will not be published.