Ultimate magazine theme for WordPress.

विरगंजमा बिशाल मसाल जुलुस प्रदर्शन

108

विरगंज, फागुन १० – सरकारले स्थानीय तह निर्वाचन घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार साँझ पर्सा जिल्लाको सदरमुकाम विरगंजमामसाल जुलुस प्रदर्शन गरेको छ ।

मोर्चाका नेता कार्यकर्ता सम्मलित मसाल जुलुस संघिय समाजवादी फोरम नेपाल पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवको नेतृत्वमा निकालिएको थियो । विरगंजको विभिन्न भागको परिक्रमा गर्दे स्थानीय घन्टाघर चोकमा सम्पन्न भएको थियो । सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गर्दे आफूहरुको माग सम्बोधन नहुन्जेल कुनै पनि निर्वाचन हुन नदिने चेतावनी दिए ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आउँदो बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने तिथि घोषणा गरे लगतै मोर्चाले आन्दोलन घोषणा गरेको थियो । मोर्चाले भोलि बुधवार मधेश बन्दको आह्वान गरेको छ ।

यस्तै, मध्य तराईका बारा, सिराहा, सप्तरी र रौतहटमा मंगलबार प्रदर्शन भएको छ । संविधान संशोधन नै नगरी चुनाव गराउनु धोखा हो भन्दै मधेस केन्द्रित दलका नेता कार्यकर्ताहरुले तराईका विभिन्न जिल्लामा टायर बालेर प्रदर्शन गरेका हुन् । ‘संशोधन अघि चुनावको औचित्य छैन् । चुनाव घोषणा गरेर मधेसलाई द्वन्द्वमा धकेल्ने काम भएको छ,’ संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवले बताए ।

जुलुसमा मोर्चामा सम्मिलित विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु सहभागी रहेको समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य निखिल वर्णवालले बताए ।

Leave A Reply

Your email address will not be published.