Ultimate magazine theme for WordPress.

वडा अध्यक्ष मिश्रले गरे १ सय २० वटा कम्बल वितरण, भोलिपनी कम्बल वितरण गर्ने वडा अध्यक्ष मिश्रको भनाइ

255

उमेश दुबे
पर्सा, ११ पौष / बिरगंज महानगरपालिका वडा नम्बर २६ अठराहामा वडा अध्यक्ष मिश्रले १ सय २० वटा कम्बल वितरण गर्नुभएको छ । बढ्दै गएको चिसोले गर्दा गरिब, असहायलाई वडा अध्यक्ष शम्भु मिश्रले १ सय २० वटा कम्बल बितरण गरेका हुन ।
बिरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा सुगौलीका वडा अध्यक्ष शम्भु मिश्रले बढदै गएको चिसोले गर्दा आफ्नो वडामा रहेका गरिब असहायको लागि आज मात्र १ सय २० वटा कम्बल वितरण गरिएको र भोलिपनी कम्बल बितरण गरिने बताउनु भयो । उहाले आफ्नो निजि रकमबाट कम्बल खरिद गरि वितरण गरिएको बताउनु भयो । उहाले निजि खर्च बापत कम्बल खरिद गरि वितरण गरेको बताउनु भयो ।

बिरगंज महानगरपालिका वडा नम्बर २६ का स्थानियहरूको शु:ख, दु:खमा जहिलेनि तयार रहेका वडा अध्यक्ष मिश्रको यो कदम सराहनीय रहेको स्थानियले बताएका छन । स्थानियले बताए अनुसार आफ्नो वडा लगायत अन्य वडाहरूमा पनि उहाले बढी योगदान गर्दै आएको बताएका छन । वडा अध्यक्ष मिश्रले आफ्नो पारिश्रमिकको माध्यमबाट गरिब, असहायको लागि योगदान गर्दै आएको स्थानियको भनाइ रहेको छ ।

Leave A Reply

Your email address will not be published.