Ultimate magazine theme for WordPress.

लिबर समस्याले ग्रसित रहेका बिरामीलाई पत्रकार दुबेले गरे आर्थिक सहयोग

186

बारा, २ बैशाख / पत्रकारिता पेशाको साथै समाजमा लोकप्रियता बटुल्दै अगाडी बढिरहेका उमेश दुबेले बिरामीलाई सहयोग गरेर झन लोकप्रिय बन्न सफल भएका छन । फेटा गाउपालिका वडा नम्बर ७ निवासी उमेश दुबेले बिरामी भएकाहरुको उपचारमा सहयोग गर्दै लोकप्रिय बन्न सफल भएका हुन ।
फेटा गाउपालिका वडा नम्बर १ निवासी जोखन हजरा बिगत लामो समयदेखी नारायणी क्षेत्रिय अस्पतालमा उपचार्थ छन । लिबर फेल भएपछि उपचारमा लाग्ने खर्च समेत धाउन नसकेका हजराको बिषयमा जानकारी पाउनसाथ पत्रकार दुबेले अस्पतालमै पुगि आर्थिक सहयोग गरेका हुन । ग्लोबल टेलिभिजनका व्यूरो प्रमुख समेत रहनु भएका उमेश दुबेले बिभिन्न रोगको बिषयमा सरकारले सहयोग स्वरुप केहि छुटका साथै सहयोग स्वरुप केहि आर्थिक बजेट समेत छुटयाएको, उनले बताए । तर स्थानीय निकायमा छुट तथा पाउनु पर्ने रकम समयमा बिरामीहरु पाउन नसक्दा बिरामीहरु छटपटिएको अवस्था रहेको बताउनु भयो ।
लिबर, क्यान्सर, एच.आई.भि जस्ता क्यौ बिरामीहरु आर्थिक अभावका कारण बिरामीको नाम लुकाएर भएपनि घरमै बस्न बाध्य भएको, दुबेले बताए । स्थानीय सरकारबाट पाउनु पर्ने सेवा सुविधा समयमा नपाउदा बिरामीहरुलाई थप पिडाको शिकार बन्नु परेको, उनले प्रष्ट पारे । पत्रकार तथा समाजसेवी दुबेले स्थानीय निकायलाई आफ्नो काम इमान्दारीता पूर्वक गर्न आग्रह गर्दै अपांङ्गताको बिषयमा समेत चासो देखाउनु पर्नेमा जोड दिए ।
यता ग्लोबल टेलिभिजनका ब्यूरो प्रमुख तथा स्थानीय समाजसेवी उमेश दुबेले लिबरको समस्याले ग्रसित रहि उपचार गराइरहेका बिरामी जोखन हजरालाई आर्थिक सहयोग स्वरुप ५ हजार नगद दिएको बिरामीका आफ्न्तले जनाएका छन । उनका अनुसार शनिवार एकाबिहानै पत्रकार उमेश दुबे अस्पतालमै पुगी आर्थिक सहयोग गरेको बारे जनाए । उहाले आर्थिक सहयोग मात्रै गरेन्न, अस्पतालका चिकित्सकहरु संग सहकार्य गर्दै उपचारमा लाग्ने खर्च लगायत सेवा सुविधाको बिषयमा समेत कुरो गरेको, बिरामीको आफ्न्तले जनाएका छन ।

Leave A Reply

Your email address will not be published.