Ultimate magazine theme for WordPress.

लागू औषध सहित महिला, सशस्त्र प्रहरीको नियन्त्रणमा

1,005

उमेश दुबे
बारा, २२ फाल्गुन / बाराको मटिअर्वा नाका हुँदै नेपाल भित्रिरहेकी महिला लागू औषध सहित सशस्त्र प्रहरीको नियन्त्रणमा परेकी छन । भारतको अदापुरतर्फबाट मटिअर्वा नाका हुँदै लागू औषध भित्रिरहेको सूचना आउनसाथ बोर्डर आउट पोस्ट मटिअर्वाबाट खटिएको टोलिले महिलालाई नियन्त्रणमा लिन सफल भएको हो ।

आज दिउँसो करीब २ बजेको समयमा कलैया उप-महानगरपालिका वडा नम्बर १० बाट लागू औषध सहित एक जना नेपाली महिलालाइ सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिन सफल भएको छ । केही दिनदेखी महिलाकै माध्यमले लागू औषध ओसार पोसार भइरहेको सूचना आउन निगरानी बढाइएको र सफलता समेत गर्न सफल भएको सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदीले जानकारी दिनु भयो ।
बाराको पकडियाघाट हुँदै नेपाल भित्रिरहेकी महिलालाइ बोर्डर आउट पोस्ट मटिअर्वाबाट सशस्त्र प्रहरी निरीक्षक लक्षमण जोसिको कमान्डमा खटिएको टोलिले नियन्त्रणमा लिन सफल भएका छन । लागू औषध ओसारपसार गर्ने क्रममा कलैया उपमहानगरपालिका वडा नम्बर २७ सिसुवा महेशपुर घर भएकी अन्दाजी ५० बर्सिय महिला सुधा मियारामलाइ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

पक्राउ परेकी महिलाले बोकेको प्रोमेथाजाइन ४ सय, नर्फिन ४ सय वटा र डाइजोपाम ४ सय गरि जम्मा १२ सय वटा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । लागू औषध सहित पक्राउ परेकी महिलालाइ अवाश्यक अनुसन्धानको लागि आज साझ नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.