Ultimate magazine theme for WordPress.

लागू औषध गांजा र भारतीय गाडी सहित २ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

329

उमेश दुबे
बारा, ६ कार्तिक ÷ सशस्त्र प्रहरी बलले बारा जिल्लाको करैयामाई गाउपालिका वडा नम्बर ७ पिपराबाट लागु औषध गाजा बोकेको भारतीय गाडी सहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको छ । आज राति करिब ९ बजेको समयमा कोल्वी सुरक्षा बेशबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिन सफल भएको हो ।
भारतीय गाडी नम्बर बि.आर.५३÷६३८६ नम्बरको बोलेरो गाडीमा गाजा बोकेर भारततर्फ गइरहेको बिशेष सूचनाको आधारमा कोल्वी सुरक्षा बेशबाट सशस्त्र प्रहरी निरीक्षक नवराज सापकोटाको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको छ । लागु औषध गांजा ७७ केजी र भारतीय गाडी सहित २ जना नेपाली नागरिकलाई पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी निरीक्षक नवराज सापकोटाले जानकारी दिनुभयो ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर ९ निवासी गोपाल सहनी र आदर्श कोतवाल गाउपालिका वडा नम्बर ७ बस्ने अजाद आलमलाई लागु औषध गांजा बोकेको भारतीय गाडी सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । पक्राउ गरिएको लागु औषध गांजा र भारतीय बोलेरो गाडी सहित सहनी र आलमलाई अवाश्यक कारवाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइने सशस्त्र प्रहरी निरीक्षक सापकोटाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.