Ultimate magazine theme for WordPress.

लागू औषध कोरेक्स बोकेको मोटरसाइकल सहित २ जना सशस्त्र प्रहरीको फान्दामा

508

उमेश दुबे
पर्सा, २ कार्तिक / सशस्त्र प्रहरी बलले लागू औषध कोरेक्स बोकेको मोटरसाइकल सहित २ जना नेपाली नागरिकलाइ पक्राउ गरेको छ । भारतबाट नेपाल आउदै गरेको नेपाली मोटरसाइकल सहित लागू औषध कोरेक्स सशस्त्र प्रहरी बलले बरामद गरेको हो ।
भारतबाट पर्साको श्रीसिया नाका हुँदै लागू औषध कोरेक्स भित्रिरहेको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीबाट खटिएको टोलिले पक्राउ गर्न सफल भएको हो । सशस्त्र प्रहरी बललाई हेर्नसाथ भाग्न खोज्दा बिरगंज स्थित ठाकुरराम बहुमुखी क्याम्पस नजिकै पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
ना.१९ प १२६७ नम्बरको पल्सर मोटरसाइकलको सिटमुनी लागू औषध कोरेक्स लिएर आइरहेको क्रममा हेटौडा उप-महानगरपालिका वडा नम्बर २ बस्ने गोकुल थापा र वडा नम्बर ४ बस्ने खुरसिद अन्सारी पक्राउ परेको सशस्त्र प्रहरी बलले जनाएको छ । आज साझ करीब ६ बजेको समयमा पक्राउ गरिएको र उनको साथबाट २८ पिस कोरेक्स बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
नियन्त्रणमा लिएको थापा र अन्सारी सहित बरामद गरिएको लागू औषध कोरेक्स अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.