Ultimate magazine theme for WordPress.

लागु औषध गाँजा सहित २ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

384

बारा, ८ असोज / बाराको करैयामाइ गाउपालिका वडा नम्बर २ स्थितबाट लागू औषध गाजा सहित २ जनालाइ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल १२ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरीको टोलिले लागू औषध गाजा सहित २ जनालाइ नियन्त्रणमा लिएको हो ।
बिशेष सुचनाको अधारमा १२ नम्बर गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक मोहन श्रेष्ठको कमान्डमा खटिएको टोलिले करैयामाइ गाउपालिका वडा नम्बर २ स्थितबाट लागू औषध गाजा सहित २ जनालाइ नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले जानकारी दिनुभयो । उहाले सुचना आउनसाथ टोलि परिचालन गरेको र आज साझ करीब ६ बजेको समयमा सवारी सहित दुई जनालाइ नियन्त्रणमा लिन सफल भएको बताए । सशस्त्र प्रहरी उपरीक्षक कर्णजितका अनुसार ५.२२ किलोग्राम लागू औषध, ना ४७ प ८२१ नम्बरको साइन मोटरसाइकल सहित दुई जनालाइ नियन्त्रणमा लिएको बताए ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर २ बस्ने २५ बर्सिय रबिन्द्र राम र सोही निवासी १९ बर्सिय राजकुमार राम रहेको सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले जानकारी दिनुभयो । उहाले उनिहरू सङ्ग रहेको नेपाली नगद रूपैया ५६ हजार ८ सय ३० र २ थान मोबाइल सेटहरू सहित अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.