Ultimate magazine theme for WordPress.

लक डाउनमा पनि रूकेन तस्करी, छोकडा, मरिच, केराउ सहित पटेल पर्सा प्रहरीको फान्दामा

377

उमेश दुबे
पर्सा, ३ असार / देश लक डाउन रहेकै समयमा तस्करहरू सल्बलाएका छन । तस्कर संगठनहरू लक डाउनको मौका छोपी छोकडा मरिच, केराउको तस्करी कार्य तिब्र पारेका हुन ।
नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले करीब ६ लाख ४९ हजार बराबरको छोकडा, मरिच, केराउ र ट्रयाकटर सहित एक जना नेपाली नागरिकलाइ पक्राउ गर्न सफल भएको छ । बिशेष सुचना आउनसाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले बिरगंज महानगरपालिका वडा नम्बर १६ इनर्वा स्थितबाट ट्रयाक्टरमा लोड रहेको छोकडा, मरिच, केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
ना ३ त ७०० नम्बरको ट्रयाक्टरमा छोकडा, मरिच, केराउ लोड गरि सीमा पारी गइरहेको बिशेष सुचनाको अधारमा पक्राउ गर्न सफल भएको पर्सा प्रहरीले जनाएको छ । तस्करी कार्यमा सन्लग्न बिरगंज महानगरपालिका वडा नम्बर १६ निवासी जगदेव पटेलको ३६ बर्सिय छोरा बिरेन्द्र पटेललाइ समेत नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ गरिएको छोकडा, मरिच, केराउ सहितको ट्रयाक्टर र पटेललाइ अवाश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.