Ultimate magazine theme for WordPress.

रौतहट जिल्लामा घुमुवा प्रहरी र तस्कर संगठनको सेटिङ्ग, दिनहु करोडौ बराबरको मालसामान अबैध तरिकाले आयात निर्यात हुदै

303

उमेश दुबे
रौतहट, २५ मन्सिर / रौतहट जिल्लामा तस्कर संगठनका मुख्य नाइके र घुमुवा प्रहरी बिच सेटिङ्ग मिले पश्चात् तस्करीको लाइन सुचारू भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको सादा पोसाकको टोलि र तस्कर संगठनका मुख्य नाइकेहरूको सेटिङ्ग मिले पश्चात् तस्करी कार्य सुरू भएको हो ।
रौतहटको बन्कुल लगायत विभिन्न नाकाहरूबाट तस्कर संगठनहरूले जिल्लाबाट खटिएको सादा पोशाकको टोलिलाइ मोटो रकम दिए पश्चात् तस्करी लाइन सुचारू भएको छ । एक जना प्रहरी श्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी सहायक निरीक्षक रामनरेश यादवले मासिक लाखौ रूपैया प्रती तस्कर सङ्ग बुझे पश्चात् तस्करीको कार्य सुचारु भएको बताए । रौतहटको बन्कुल सहरमुजुवा हुँदै दिनहु करोडौ बराबरको छोहडा, मरिच र केराउ अबैध तरिकाले भारत पुग्ने गरेको छ भने करीब ५० लाख भन्दा बढिको कपडा र हार्डवेयरको समाग्री अबैध तरिकाले नेपाल पुग्ने गरेको बताइन्छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका प्रहरी सहायक निरीक्षक रामनरेश यादव बिगत २ बर्ष अगाडी बारा जिल्लामा समेत घुमुवा सरह खटेका थिए । तर प्रहरी सहायक निरीक्षक यादवको घुसखोरी कान्ड बाहिर आउनसाथ जिल्ला प्रमुख कारवाही स्वरूप तानेर भित्रै राख्न निर्देशन समेत दिएको प्रहरी श्रोतले जनाएको छ । हालको समयमा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत रहेपनी हाकिमलाई रिझाउन सफल भएका यादवले तस्कर संगठन सङ्ग हात मिलाएर लाखौ आर्जन गर्न सफल भएका छन ।
रौतहट जिल्लाको विभिन्न नाकाबाट तस्करी कार्य सूचारू भएपनी माथिल्लो निकायको मौनताले प्रश्न चिन्ह खडा गरेको छ । एउटा जिल्ला चलाउने प्रहरी प्रमुख केही दिनका लागी बिदा जानसाथ तस्करी लाइन सुचारू हुनु भित्रकै जिम्मेवारी बहन गरिरहेकाहरूको हात हुन सक्ने अनुमान गरिएको छ । सीमा नाकालाइ कमाइ खाने भाडो बनाएका यस्ता भ्रष्ट प्रहरी सहायक निरीक्षक रामनरेश यादव जस्तो प्रदेश नम्बर २ मा ख्याख्यापति छरिए झै छन । तर यसमा प्रदेश प्रहरी प्रमुख मौनता देखाउनुले गम्भीर प्रश्न उब्जाएको छ ।
प्रदेश प्रहरी प्रमुख प्रधुमन कार्कीले आफ्नो पद ग्रहण गर्दै चालेको कदम सराहनीय रहेपनी यस्ता घुमुवाको नाममा चान्दा आतन्क मचाउनेलाइ कारवाही गर्न नसक्नु बिडम्बनाको बिषय बनेको छ । तसर्थ यस्ता प्रहरीले गर्दा समग्र प्रहरीको बदनामी हुँदै आएको सर्वबिधितै छ र यस्ता प्रहरी माथी प्रदेश प्रहरी प्रमुखको ध्यान जाती अति अवाश्यक पनि देखिन्छ ।

Leave A Reply

Your email address will not be published.