Ultimate magazine theme for WordPress.

रेडियो वीरगंज बार्षिकोत्सवको अवसरमा हुने बृहत सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

116

उमेश दुबे
पर्सा, २० मंसिर ÷ मध्यतराईकै पहिलो रेडियो वीरगंज ९९ मेगाहर्जले आफ्नो गौरवमय रुपमा १६ औं बार्षिकोत्सव मनाउने भएको छ । मध्य तराई कै पहिलो रेडियो भएको र १६ बर्षदेखी निरन्तर जनता माझ रही लोकप्रिय बनेको अवसरमा बार्षिक उत्सव धुमधामका साथ मनाउने तयारी करिब पुरा भएको रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले बताउनु भएको हो ।
रेडियो वीरगंजले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष साहले मंसिर २२ गते वीरगंजको आदर्शनगरमा प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले एक भब्य कार्यक्रमका बिच उदघाटन गर्नु हुने बताउनु भयो । उहाले सो कार्यक्रममा प्रदेश नम्बर २ का भौत्तिक विकास तथा पूर्वाधार मन्त्री जितेन्द्र सोनाल सहित संघिय तथा प्रदेश सभाका सांसदहरु लगायतका व्यक्तिहरुको उपस्थित रहने बताए । मंसिर २२ गते मध्यान्ह १२ बजे आयोजना हुने बृहत सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको कार्यकारी अध्यक्ष साहले बताउनु भयो । बृहत सांस्कृतिक कार्यक्रममा चर्चित कलाकार मेलिना राई, हेमन्त शर्मा, टिका प्रसाद, कमल खत्रि, सञ्जु अमात्य, सुनिल पण्डित, सनि अचार्य सहित कलिउड डान्स ग्रुप हेटौडाको प्रस्तुती रहने साहले जानकारी दिनुभयो ।
कार्यक्रममा सुरक्षा लगायतका सम्पूर्ण व्यवस्था मिलाईएको हुदा बिगत बर्ष झै यस बर्षपनि हजारौ हजार श्रोतहरुको उपस्थित रहने कार्यकारी अध्यक्ष साहले बिश्वास व्यक्त गर्नुभयो । उहाले बार्षिकोत्सवका अवसरमा मंसिर २२ गतेदेखी शुरु साताव्यापी कार्यक्रमको अन्तिम दिन मंसिर २९ गते वीरगंजको मुर्ली बगैचा स्थित रेडियो वीरगंजको परिसरमा खुल्ला रक्तदान कार्यक्रम समेत आयोजना हुने बताए । यसपालिको १६ औं बर्षिक उत्सवको अवसरमा आयोजना गर्न लागिएको रक्तदान कार्यक्रममा कार्यकारी अध्यक्ष साहले ऐतिहासिक सहभागिता रहने बिश्वास व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.