Ultimate magazine theme for WordPress.

रेकर्ड तोड्दै मुन्नाले तय गरे १०६० किलोमीटरको पदयात्रा

302

पर्सा, १२ भदौ / बिरगंजको घन्टाघरबाट बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले बिरगंज २ छपकैया निवासी शेष मुन्नालाई फुलमाला र खादा लगाई साउन २१ गते १०६० किलोमीटरको पैदल यात्राको प्रारम्भ गराउनु भएको थियो । भारतको राजधानी नया दिल्ली सम्मको पैदल यात्रा थालेका बिरगंजका युवा शेख मुन्नाले २४ औं दिनमा पुग्ने लक्ष्य राखेका मुन्ना २२ औं दिनमा आफ्नो लक्षय दिल्लीको इण्डिया गेटमा पुगेर आफनो यात्रा पुरा गरेका हुन ।
नेपाल र भारत दुवै देशको राष्ट्रिय झण्डा सहित शनिबार दिल्लीको इण्डिया गेटमा पुगेका शेख मुन्नालाइ नेपाल भारत विश्व विकास मंचका सभापति मधुरेन्द्र जयसवाल, गोर्खा टाइम्स पत्रिकाका पत्रकार इनद्र कोमल, शेख अताउलका साथै दिल्ली स्थित नेपाली युवाहरुले स्वागत र सम्मान गरेका छन् भने गोर्खा सेनाले मुन्नाको काधमा बोकेको नेपाली झण्डालाई सलामी दिएका छन ।


शनिबार दिल्लीको इण्डिया गेटमा पुगेर शेख मुन्नाले देशका लागि आफनो किर्तिमानी यात्रा सफलतापुर्वक सम्पन्न गर्न पाएकोेमा सम्पूर्ण नेपालीलाइ धन्यवाद ज्ञापन गरेका छन् । उनले आफनाो यो पैदल यात्राले नेपाललाइ विश्व चिनाउन थप मदत गरेको तथा नेपाल र भारत बिचको रोटी बेटीको सम्बन्धलाइ अझ मजबुत बनाउन टेवा पग्ने बिरगंज महानगर पालिकाका प्रेस सल्लाहकार महमद सदाबलाई फोन मार्फत जानकारी गराएका हुन ।
नेपाललाई विश्व ब्यापापी रुपमा चिनाउने, पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल –भारतको रोटी– बेटी एवं जन जनको सम्बन्धलाई अझै बलियो बनाउने उदेश्यका साथ आफुले यो पैदल यात्रा गरेको उनको भनाइ थियो ।
बिरगंजबाट साउन २२ गते नेपााली पोशाकमा सजिएर हिडेका शेख मुन्नाले थालेको पैदल यात्रा बिहारको रक्सौल, नरकटियागन्ज, रामनगर, बगाहा हुदै उत्तरप्रदेश पुगेर त्यहाबाट गाजियावाद , बुलेन्दसहर हुदै दिल्ली पुगेर शनिबार सकिएको हो । शेष मुन्ना नेपाली काङ्ग्रेसका सक्रिय सदस्य रहेका छन भने नेपाली काङ्ग्रेस छपकैयाका इकाई सदस्य समेत रहेका छन ।

Leave A Reply

Your email address will not be published.